महाबौद्धवासीको पीसीआर गरिने

महाबौद्धवासीको पीसीआर गरिने

काठमाडौं : राजधानीस्थित महाबौद्धका एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना संक्रमण भएको पुष्टि भएपछि वरपरका केही पसल बन्द भएका छन् । स्थानीय तहले समुदायमा कोरोना फैलिएको आशंकामा पीसीआर परीक्षण गर्ने तयारी गरेको छ । जोखिम बढेपछि संक्रमित नजिकका स्थानीय र कन्ट्राक्ट ट्रेसिङमा परेकाको पीसीआर गरी समुदायमा फैलिएको वा नफैलिएको जाँच गर्ने तयारी गरिएको २९ नं वडाका अध्यक्ष चिनियामान वज्राचार्यले बताए । ‘बाक्लो बस्ती भएको ठाउँमा संक्रमण देखिएको छ,’ उनले भने, ‘संक्रमित नजिकका र आसपासका मानिसको पीसीआर गर्ने तयारीमा छ । नतिजा आउनासाथ योजना बन्नेछ ।’

एकै परिवारका सबै सदस्यमा संक्रमण देखिएपछि समुदायमा फैलिएको हो कि भन्ने आशंका गरिएको छ । अहिलेसम्म काठमाडौंको टेकु, मैतीदेवी, नयाँबानेश्वर, सुकेधारा, टोखालगायतका क्षेत्रमा संक्रमण देखिइसकेको छ । मानिसहरू भने निर्वाध बिनासुरक्षा ओहोरदोहोर गरिरहेका छन् । महाबौद्धस्थित संक्रमण देखिएको क्षेत्रका केही पसलबाहेक अन्य क्षेत्रमा भीड पुरानै अवस्थामा छ । पसलमा मानिसको घुइँचो छ । फुटपाथ पुरानै अवस्थामा छ । मानिसहरू मास्क नलगाई पनि हिँड्ने गरेका छन् । व्यापारीले पनि कुनै सुरक्षा अपनाएको देखिँदैन । बढी भीडभाड भएका क्षेत्रमा जोखिम भए पनि स्थानीय निकालयले पनि सुरक्षा प्रबन्धमा खासै ध्यान पुर्‍याउन सकेको छैन । संक्रमण फैलिए पनि अहिले तत्काल आसपासका क्षेत्र बन्द गर्न सकिने अवस्था नरहेको वडाध्यक्ष वज्राचार्यले बताए ।

‘समुदायमा टेस्ट गर्नुपर्छ,’ उनले भने, ‘अन्यमा फैलिएको पाइएमा नयाँ नीति बनाएर अघि बढ्नुपर्छ । नत्र अहिलेको अवस्थामा भीड रोक्न सकिने अवस्था छैन ।’ मुख्य रूपमा उपत्यका बाहिरबाट आउने मानिसको परीक्षण नहुँदा समस्या आएको उनले बताए । ‘बाहिरबाट आउने मानिसलाई वडामा सम्पर्क गरी आउन भनेका छौं ।’ उनले भने, ‘तर लुसुलुसु आउँछन् । परीक्षण हुन नसक्दा जोखिम बढेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.