पहिरोले घर पुरिँदा तीन बालकको मृत्यु

पहिरोले घर पुरिँदा तीन बालकको मृत्यु

बागलुङ : गएरातिको अविरल वर्षासँगै गएको पहिरोले घर पुरिँदा जिल्लाको पश्चिम तमानखोलामा दुई बालकको मृत्यु भएको छ। जिल्लाको तमानखोला गाउँपालिका–२ खोलेसबाङका पानबहादुर विकको घर माथिबाट आएको पहिरोले घर पुरिँदा उनका १३ वर्षीय छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रिता विकको ज्यान गएको हो। 

पानबहादुर हाल विदेशमा छन् । उनका श्रीमती होमकुमारी विकको घाइते अवस्थामा उद्वार गरिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए । ‘दुई छोराछोरी एक कोठामा सुतेका रहेछन्, उनीहरु दुवैले ज्यान गुमाएका छन्,’ अध्यक्ष बुढाले भने, ‘आमा चाही अर्को कोठामा भएकाले घाइते अवस्थामा उद्वार गरिएको छ।’ 
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मीको टोली घटनास्थल पुगेको छ ।’

यसैगरी, जिल्लाको निसीखोला गाउँपालिका–१ मा पहिरोले घर भत्किदा ५ वर्षीय समीर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.