कैलालीको पूर्वी क्षेत्र जलमग्‍न

कैलालीको पूर्वी क्षेत्र जलमग्‍न

टीकापुर : कैलालीको पूर्वी क्षेत्र जलमग्न भएको छ। रातभर परेको अविरल वर्षाका कारण टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी, जोशिपुर गाउँपालिका अधिकांश क्षेत्र जलमग्न भएका हुन्। 

टीकापुर नगरपालिका-५ का सिम्रेनी, बसन्ता, शाहीपुर, वडा नं ३ का घिया, पुछरी, कटानपुर लगायत क्षेत्र जलमग्न भएका छन्। इलाका प्रहरी कार्यालय भजनीका अनुसार नगरपालिका अधिकांश भागमा पानी पसेको छ। अविरल वर्षाका कारण मोहना, पथरैया, काँढा नदीको पानी गाउँमा पसेको हो। बाढीले क्षति गरेको विवरण आउन बाँकी छ।

यता जोशीपुर गाउँपालिका २५ बढी घरहरु डुबानमा परेका छ्न्। पानी परिरहेकाले सतर्क रहन प्रशासनले आग्रह गरेको छ। उता कर्णाली नदीमा हिजोदेखि पानीको सतह बढ्दै गएको छ। हिजो ६ मिटर लेभलमा रहेको पानी आज बिहान ८.५९ पुगेको छ। कर्णालीमा ९.८ मिटर पानीलाई चेतावनी लेभल र १०.५ मिटरमाथिलाई खतरा मानिन्छ। खतरा लेभल नाघे तटीय क्षेत्रका ती स्थानहरु डुबानमा पर्छन भने २ लाख बढी जनसंख्या प्रभावित हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.