लमजुङमा १०४ जनामा कोरना संक्रमण

लमजुङमा १०४ जनामा कोरना संक्रमण

बेंसीसहर : लमजुङमा कोरोना संक्रमितको संख्या १ सय ४ जना पुगेको छ। हालसम्म ९ जना महिला र ६३ पुरुष गरी ७२ जना कोरोना निको भएर घर फर्किएका छन्। हाल आइसोलेसनमा ३२ पुरुष उपचाररत छन्। 

लगडाउन खुलेसँगै बजारमा भीडभाड बढेकाले संक्रमण बढ्न सक्ने भन्दै प्रशासनले मास्क लगाउन र भौतिक दुरी पालना गराउन कडाइ गर्न थालेको छ।

जिल्ला सुरक्षा समिति लमजुङले बेंसीशहर बजारमा मास्क नलगाई हिंड्ने यात्रुलाई  मास्क वितरण पनि गरेको छ। मास्क नलगाई पैदल यात्रामा निस्किएका नागरिक, सवारी चालक, यात्रु र बजारका व्यवसायी र ग्राहक सबैलाई गरी ३ हजार मास्क वितरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।  

पहिलो पटक सचेत गराइने, तर सूचनालाई अटेर गरी मास्क नलगाइ हिंड्नेलाई कार्वाही गरिने शर्माले बताए। मास्क नलागाइ हिंड्नेलाई संक्रमक रोग नियन्त्रण ऐन २०२० अन्तर्गत कार्वाही गरिने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.