सामाजिक विकास मन्त्रालयका तीन कर्मचारीमा कोरोना संक्रमण
![सामाजिक विकास मन्त्रालयका तीन कर्मचारीमा कोरोना संक्रमण](https://annapurnapost.prixacdn.net/media/albums/swab-test-corona-virus-covid19_20200709025206_knEQPA3tRh.jpg)
जनकपुरधाम : प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीलाई कोरोना संक्रमण भएको छ। मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयका २२ जना कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो जसमध्ये तीनजनामा कोभिड—१९ पोजिटिभ रिपोर्ट आएको हो।
संक्रमित हुनेमा सामाजिक विकास मन्त्री नवल किशोर साहका सवारी चालक, उनको निवासमा भान्से रहेका एक कार्यालय सहयोगी र स्टोर किपर रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले बताएका छन्।
प्रदेश २ मा कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेको छ। हालसम्म यस प्रदेशमा ४ हजार ४ सय ८३ जना संक्रमित छन् भने १३ जनाले ज्यान गुमाइसकेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)