राष्ट्रपति चुनावका कारण संकटमा किम र कान्येको विवाह
हलिउड : अमेरिकामा यो वर्ष हुन लागेको राष्ट्रपति चुनावका कारण अभिनेत्री तथा मोडेल किम कार्दसियनको विवाह संकटमा परेको छ। किमले आफ्ना पतिलाई राष्ट्रपति चुनावबाट पछि नहटे तलाक दिने धम्की दिएकी छन्। अमेरिकीर्यापर कान्ये वेस्टले राष्ट्रपति निर्वाचनमा भाग लिने घोषणा गरेपछि उनकी पत्नी किम कार्दसियनबीच तनाव बढेको हो। कान्ये वेस्टले किममाथि आफूलाई एउटा डाक्टरसँग बन्द गर्ने प्रयास गरेको आरोप लगाएका छन्। कान्येले यो आरोप यस्तो समयमा लगाए जति बेला दुवैको तलाक हुने अड्कलबाजी हुँदै थियो।
सूत्रअनुसार किमले कान्येलाई कडा चेतावनी दिँदै भनिन्, ‘उनले राष्ट्रपति चुनावमा सहभागी हुने कुरा फिर्ता गरेनन् भने म तलाक लिने विचार गर्छु।’ यसअघि कान्येले एक चुनावीर्यालीमा साउथ क्यारोलिनामा सार्वजनिक गरेका थिए, ‘म र किमले ठूलो छोरा नार्थ गर्भमा आएपछि नै गर्भपतन गर्ने विचार गरेका थियौं।’