कांग्रेसमा कचिंगल : नवप्रवेशीलाई मनपरी सदस्यता बाँडेको पौडेलको आरोप

कांग्रेसमा कचिंगल : नवप्रवेशीलाई मनपरी सदस्यता बाँडेको पौडेलको आरोप

काठमाडौं : प्रमुख प्रतिपक्षी कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया सुरु भएसँगै असन्तुष्टि देखा पर्न थालेका छन्। आसन्न महाधिवेशन प्रभावित पार्ने गरी विभाग गठन, विस्तारका साथै पार्टीमा नवप्रवेशीलाई विधानविपरीत आफूखुसी क्रियाशील सदस्यता वितरण गरिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असन्तुष्टि जनाएको हो।

पौडेल समूह निकट केन्द्रीय सदस्यको बुधबार पार्टी मुख्यालय सानेपामा बसेको भेलाले विभागलाई पूर्णता दिने काम रोक्न र क्रियाशील सदस्यता वितरणलाई पारदर्शी बनाउन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। पौडेल समूह निकट केन्द्रीय सदस्य जीवन परियारले देउवालाई बिहीबार लिखित ध्यानाकर्षण गराउने जानकारी दिए। ‘महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको छ। पार्टी महाधिवेशनमा केन्द्रित हुनुपर्ने बेला विधानको व्यवस्था विपरीत विभाग गठनको कुनै औचित्य छैन। यसको काम पनि छैन,’ उनले भने, तर सभापतिज्यूले विभाग विस्तारलाई जोड दिनुभएको छ। यसबारे सभापतिलाई भेटेरै लिखित ध्यानाकर्षण गराउने कुरा भएको छ।’

पौडेल समूहको अर्काे असन्तुष्टि क्रियाशील सदस्यता वितरणमा छ। दुई वर्षअघि संघीय निर्वाचनअघि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टी समायोजनदेखि विभिन्न समयमा कांग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई मनोमानी रूपमा क्रियाशील सदस्यता वितरण गरेको सो समूहको आरोप छ। उनीहरूले राप्रपा परित्याग गरी मंगलबार कांग्रेस प्रवेश गरेका सुनीलकुमार थापासहितका नेताहरूको विषयलाई समेत महाधिवेशनसँग जोडेका छन्। ‘विधानमा अरू पार्टीबाट प्रवेश गराउने निश्चित व्यवस्था छ। उनीहरूलाई पनि क्रियाशील सदस्यता दिने प्रावधान पनि प्रष्ट छ,’ केन्द्रीय सदस्य परियारले भने, पार्टी प्रवेश गर्नेहरूलाई हामी स्वागत गर्दछौं। यसमा हाम्रो कुनै असहमति छैन यो खुसीको कुरा हो। तर क्रियाशील सदस्यता वितरण विधानको पालना नगरेर तल्लो तहमा नयाँ पार्टीबाट आएकाहरूलाई आफूखुसी सदस्यता बाँड्ने काम भएको छ।’

पार्टी विधानमा स्थानीय निकायको सिफारिसका आधारमा मात्रै क्रियाशील सदस्यता वितरण गर्ने प्रावधान रहे पनि संस्थापन पक्षले केन्द्रबाटै व्यक्तिपिच्छे सदस्यता दिने गरेको पौडेल समूहको आरोप छ। राप्रपा परित्याग गरेका थापासहितका नेताको कांग्रेस प्रवेशको विषयमा पनि वरिष्ठ नेता पौडेलले पार्टीको पदाधिकारी बैठकमै असहमति जनाएका थिए। ‘महाधिवेशनका बेलामा किन अरू पार्टीबाट मान्छेहरू ल्याउनुपर्‍यो ? आफ्नै पार्टीभित्रका नेता कार्यकर्तालाई व्यवस्थापन गर्न सकिएको छैन,’ उनले भनेका थिए।

सभापति देउवाले फागुन दोस्रो करिब २० विभाग गठन गरेका थिए। फागुन १९ गते चारवर्षे औपचारिक कार्यकाल सकिन केही दिनअघि देउवाले विभाग संयोजक मात्रको जिम्मेवारी दिएका थिए। विभाग गठनप्रति सुरुदेखि नै पौडेल समूह असन्तुष्ट थियो। तर, पछिल्लो समय देउवाले विभाग विस्तारलाई तीव्रता दिएपछि उनीहरू थप चिढिएका हुन्। देउवा महाधिवेशनलाई प्रभावित पार्न विभाग गठन र विस्तार गर्न सक्रिय रहेका पौडेल समूहको आरोप छ। केही समय अघि मात्रै नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको केन्द्रीय निर्वाचन समितिमा लिखित उजुरी नै दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.