बाढीबाट बेपत्ता तीनजनाको अवस्था अज्ञात

बाढीबाट बेपत्ता तीनजनाको अवस्था अज्ञात

टीकापुर : बाढीमा बगेर बेपत्ता भएका कैलालीको भजनी नगरपालिकाका तीन जनाको अवस्था अझै पत्ता लागेको छैन। अविरल वर्षापछि बुधबार आएको बाढीमा भजनी नगरपालिका वडा नं. ८ का तीन जना डुबेर बेपत्ता भएका थिए। 

इलाका प्रहरी कार्यालय भजनीका अनुसार बेपत्ता हुनेमा जनकपुर गाउँका ९ वर्षीय स्केल चौधरी र काँडाढिक गाउँका ४० वर्षीय ईश्वर शाह र ३३ वर्षीय चक्र वि.क. रहेका छन्। बुधबार रातिसमेत पानी परेर पानीको सतह बढ्दै जाँदा खोजी कार्यमा समस्या भइरहेको छ। 

भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले बाढीका कारण डुबानमा परेको जनकपुर, गोरचौउरा, दैलेखीटोलमा बिहीबार बिहानसम्म जान नसकिएको बताए।‘बाढी बढिरहेको छ, घटेको छैन, ती गाउँमा सुरक्षाकर्मीसमेत पुग्न सकेका छैनन्’, चौधरीले भने, ‘एक घरदेखि अर्को घरसम्म जान सकिने अवस्था नहुँदा क्षतिको यकिन गर्न पनि मुश्किल भएको छ। उद्दारमा समेत सकस भइरहेको छ।’ 

    
चौधरीले बाढीबाट पीडित भएका मध्ये केहीलाई हुलाकी सडकमा राखिएको बताए। ‘प्रभावितको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीय युवाहरु लागिरहेका छन्। सबै ठाउँमा पुग्न सकिएको छैन। कतिपय घरमै बसेका छन्। एउटा घरदेखि जाने अवस्था नै छैन’, चौधरीले भने।  

बाढीका कारण नगरपालिकाको वडा नं. ८ का सबै गाउँ, वडा नं. १, २,३, ५, ६ र ७ का २ हजार १२५ बढी घरपरिवार प्रभावित बनेको चौधरीले बताए। भजनीमा काँडा, पथरैया र मोहना नदीको बाढी गाउँ पस्ने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.