श्रम शिविर चलाएर पहिरो पीडितलाई आश्रयस्थल

श्रम शिविर चलाएर पहिरो पीडितलाई आश्रयस्थल

बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका-६ मराङमा श्रम शिविर चलाएर पहिरो पीडितका लागि आश्रयस्थल (टहरा) निर्माण भएको छ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघ र अनेरास्ववीयु म्याग्दीले पहिरोबाट घरबास गुमाएका र जोखिममा परेकाको अस्थायी बसोबासका लागि ५१ वटा टहरा बनाएका हुन् । 

६५ परिवारको बसोबासका लागि बेसीमा ११, ठूलोगाउँमा ८, राम्चेमा १५ र कुम्रिमा १७ वटा टहरा बनाएको राष्ट्रिय युवा संघ म्याग्दीका सहसंयोजक सन्दिप खत्रीले जानकारी दिए । ४० जना युवा र विद्यार्थीको साथमा स्थानीय डाफे युवा क्लवका सदस्यले पाँच दिन काम गरेका थिए । 

घण्टीवाङ र रिखका पहिरो पीडित बसेको आरवाङको जनविकास आधारभूत विद्यालयमा दुईवटा अस्थायी शौचालय र सेफ्टी ट्याङ्की बनाएका छन् । टहरा बनाउनका लागि बाँस र काठ संकलन गर्ने तथा व्यवस्थापनको काम गरेको राष्ट्रिय युवा संघका जिल्ला संयोजक प्रविन शाहीले बताए ।  

'केही टहरामा त्रिपालले छाइएको छ । जस्तापाताले छाउन मिल्नेगरी टहराको संरचना बनाइएका छौं, उनले भने, 'जस्तापाटा ढुवानी भएपछि छाउने गरी तयार बनाएर आयौं।'

मराङको कल्लेनी, राम्चे, ठूलोगाउँ, कुम्रि र रिखमा पहिरोमा परी १९ जनाको मृत्यु भएको थियो । दुईजना अझै वेपत्ता भएका छन् । पहिरोले १७ घरमा पूर्ण, १५ घरमा आंशिक क्षति र ७८ घर पहिरोको उच्च जोखिममा छन् । सडक र घोरेटो बाटो समेत अवरुद्ध बनेकाले जनजीवन कष्टकर बनेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.