मध्यपुर कराते एकेडेमीलाई खेल सामग्री

मध्यपुर कराते एकेडेमीलाई खेल सामग्री

भक्तपुर : मध्यपुर थिमि नगरपालिकाले मध्यपुर कराते एकेडेमीलाई पाँच लाख रुपैयाँ बराबरको खेल सामग्री हस्तान्तरण गरेको छ । कराते प्रशिक्षण तथा प्रतियोगिता गर्न आवश्यक पर्ने म्याटसहित १४ थरि खेल सामग्री सहयोग गरिएको हो ।

एकेडेमीमा बिहीबार आयोजित एक कार्यक्रममा मध्यपुर थिमि नपाका प्रमुख मदनसुन्दर श्रेष्ठले एकेडेमीका अध्यक्ष एवं मुख्य प्रशिक्षक सजन श्रेष्ठलाई उक्त खेल सामग्री हस्तान्तरण गरेका छन् ।

एकेडेमीलाई म्याटसँगै किक प्याड, किक डमी, किक सिलिन्डर, ग्लोभस्, सिम गार्ड, गम सिल, कोण, स्किपिङ रोल, स्कोर बोर्ड, रनिङ रोपलगायत सहयोग गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

उनले मध्यपुरमा खेल र खेलाडीको विकासको लागि आवश्यक पूर्वाधार तथा खेलकुद सामग्रीको व्यवस्थापनमा निरन्तर सहयोग गर्दै आएको बताए । उनका अनुसार चालू आर्थिक वर्षमा एकेडेमीको भौतिक पूर्वाधार निर्माण लागि ८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रमुख श्रेष्ठ आफै पनि करातेका खेलाडी हुन् । मध्यपुर थिमि नपामा कराते, शारीरिक सुगठन, बुद्धिचाल, तेक्वान्दोलगायत खेलकुदको मेयर कप प्रतियोगितासमेत हुँदै आएको छ ।

एकेडेमीमा अहिले ५० जना खेलाडी प्रशिक्षणरत रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले सीमित प्रशिक्षक र खेलकुद सामग्रीका साथ एकेडेमीले प्रशिक्षण सञ्चालन गर्दै आएको सुनाए ।

मध्यपुर थिमि नपाले खेलकुद सामग्री र भौतिक पूर्वाधार निर्माणको लागि बजेट उपलब्ध गराएसँगै एकेडेमीले प्रशिक्षण सँगसँगै प्रतियोगिता आयोजना गर्ने एकेडेमीका सचिव अभयन्द्र रञ्जितले जानकारी दिए ।

उनका अनुसार एकेडेमीमा हाल मुख्य प्रशिक्षक सजन श्रेष्ठ र प्रशिक्षक सनिश श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् ।तत्कालीन ट्रलिबसको मर्मत भवन तथा परिसरमा एकेडेमी सञ्चालन हुँदै आएको छ । अहिले एकेडेमी परिसरमा ब्याडमिन्टन कोर्टसमेत निर्माण गरिएको छ । सचिव रञ्जितले अन्य खेलकुद प्रशिक्षण तथा प्रतियोगिताको लागि पनि एकेडेमी खुला रहेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.