बिजनेशबिहीन प्रदेशसभा : विपद् व्यवस्थापनको पूर्व तयारी भएन

बिजनेशबिहीन प्रदेशसभा : विपद् व्यवस्थापनको पूर्व तयारी भएन

बुटवल : पाँच नम्बर प्रदेश सभामा ‘बिजनेश’ अभाव भएको छ । लामो समय स्थगनपछि बिहीबार प्रदेश सभाको बैठक बसेको थियो । शुक्रबार पनि बैठक बस्नेछ । तर संसदमा छलफलका लागि एउटा मात्र विधेयक छ ।

प्रदेश विश्वविद्यालयको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन गर्न लागेको विधेयक शुक्रबार पेश हुँदैछ । यसअघि पेश भएको सेवा केन्द्र तथा पुनस्र्थापना केन्द्रको स्थापना तथा सञ्चालन र सेवा तथा पुर्नस्थापना कोष सम्बन्धी विधेयक विचाराधिन अवस्थामा छ ।

प्रदेश सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले नयाँ विधेयक दर्ता नभएको बताए । ‘शुक्रबार प्रदेश विश्वविद्यालय सम्बन्धी विधेयक पेश हुदैछ, उनले भने, ‘त्यो समितिमा छलफलका लागि गएपछि नयाँ विधेयक छैनन् ।’ 

संसदको जारी छैठौं अधिवेशनले स्थानीय तह र प्रदेशसभाका पदाधिकारीको सेवा सुविधासम्बन्धी संसोधन विधेयक पारित गरेको छ । केही प्रदेश ऐन संशोधन र बजेट पारितबाहेक प्रदेशसभाबाट नयाँ विधेयक पारित भएका छैनन् । सेवा केन्द्र तथा पुर्नस्थापना सम्बन्धी विधेयक समितिमै छलफलमा रहेको छ । 

प्रदेश ५ मा अहिलेसम्म ६२ वटा विधेयक र संशोधन पेश भएका छन् । तीमध्ये ५८ वटा पारित भइसकेका छन् । लोकसेवा सम्बन्धी विधेयक फिर्ता भएको थियो भने अन्य तीन वटा विधेयक छलफलकै चरणमा रहेका छन् । पाँचौ अधिवेशनमा पेश भएको बजार नियमन सम्बन्धी विधेयक लामो समयदेखि समितिमै अड्किएको छ । सचिवालयका प्रवक्ता श्रेष्ठले केही विधेयक संसदमा ल्याउने तयारी सरकारले गरेको बताए ।

विशेष समयमा सांसदको गुनासो
विपद्को तयारी नहँुदा धनजनको क्षति भएको भन्दै प्रदेश सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रदेशसभाको शून्य समयमा बोल्दै सांसदले विपद् पूर्व तयारी गर्दै बाढी र पहिरोको जोखिममा बस्तीलाई स्थानान्तरणको काम सरकारले समयमै गर्नुपर्ने बताए ।

बैठकमा बोल्दै सांसद तारा जिसीले विपदको तयारी नगरिदा कैयौँ परिवार घरबासबिहीन हुनुपरेको बताइन् । ‘जोखिममा रहेका परिवार र वस्तीलाई स्थानान्तरण गर्न सकिन्छ, तर सरकारले त्यसो गरिरहेको छैन, उनले भनिन्, ‘घटना घटेपछि गोहीका आँसु झार्ने काम भएको छ । अब त्यसो नगरौं ।’ बाढी र पहिरो पीडितलाई पुर्नस्थापनामा चासो दिन उनले सरकारको ध्यान आकर्षण गराइन् ।  

अर्का सांसद रामजीप्रसाद घिमिरेले वर्षाका कारण सडक पूर्वाधार ध्वस्त भएको बताए । सडक मर्मत बजेट ५ लाखले मात्रै नपुग्ने भन्दै त्यसलाई बढाउन उनले आग्रह गरे । सडकमा खसेको पहिरो हटाउने काम तत्काल गर्नुपर्ने र जनजीवन सामान्य बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताए ।

सांसद कुलप्रसाद पोखरेल भेरी बबई सिचाईंलाई कम्पनीमा लैजानु उपयुक्त रहेको बताए । तर प्रबन्धपत्रमा प्रदेश ५ को हकअधिकार विषयमा नबोलिएको भन्दै त्यसलाई राखिनुपर्ने बताए । विशेषगरी बाँके बर्दियाका जनताको अग्राधिकार हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै सांसद दीपा विकले गिठा खाएर जीवन गुजार्ने चेपाङको घर जलाउने कामको ध्यानाकर्षण गराउदै उनीहरुको उचित व्यवस्थापन गर्न सरकारसंग आग्रह गरिन् । 

सांसद इन्द्रप्रसाद खरेलले मलको अभाव भएको भन्दै यसले उत्पादनमा नकारात्मक प्रभाव पर्ने बताए । समय हुदै कामै नगर्ने र समय घर्किएपछि मल किन्ने प्रक्रिया किन्नु नै गलत भएको भन्दै यसलाई सुधार गर्ने पर्ने बताइन् । 

कम्युनिस्ट सरकारको नेतृत्वमा चेपाङहरुको घर जल्ने, जेलमा जानुपर्ने असुहाउदो कुरा नभएको भन्दै यो निन्दनीय रहेको बताए । ‘देख्यौ कम्युनिस्टको सरकारले गरिवको घरमा आगो लगाइयो भन्ने छ समुदायमा । यो विडम्बना हो’, उनले भने । 

अर्का सांसद अमरबहादुर डाँगी, सन्तोषकुमार पाण्डेले समेत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । त्यस्तै बिहीबारको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले पेश गरेको प्रदेशसभा सदस्य तथा पदाधिकारीहरुको सुविधा सम्बन्धी संसोधन विधेयक पारित भएको छ । 

विधेयकको विमा सम्बन्धी व्यवस्था संसोधन भएको हो । बहाल रहेकै अवस्थामा मृत्यु भए सांसदले १० लाख रुपैयाँ पाउने व्यवस्था गरिएको छ । यसअघि सो व्यवस्था नहुँदा ज्यान गुमाएका सांसदले विमा वापतको रकम नपाएपछि ऐन संसोधन गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.