प्राकृतिक विपदबाट प्रदेश २ मा ३८ जनाको मृत्यु, ४ वेपत्ता
जनकपुरधाम : प्राकृतिक विपदले प्रदेश २ मा ३८ जनाको मृत्यु भएको छ भने ४ जना वेपत्ता भएका छन् । गत असार १८ गतेदेखि तराईमा सक्रिय भएको मनसुनमा हालसम्म बाढी, डुवान र डुबेर ३२ जना र चट्याङ लागेर ६ जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।
चट्याङ लागेर बारामा सबैभन्दा बढी ४ जनाले अकालमै ज्यान गुमाएका छन् भने बाढी-डुवानमा परेर सबैभन्दा बढी सर्लाहीमा ८ जनाको मृत्यु भयो ।