धौलागिरी अस्पतालमा लिफ्ट सेवा

धौलागिरी अस्पतालमा लिफ्ट सेवा

बागलुङ : धौलागिरी अस्पताल बागलुङमा लिफ्ट सञ्चालनमा आएको छ। अपांगता तथा फरक क्षमता भएका, गर्भवती, प्रसूति भएका र ज्येष्ठ नागरिकलाई लक्षित गरेर जिल्लामै पहिलो पटक लिफ्ट सेवा सञ्चालन गरिएको हो । लिफ्ट सेवाको गण्डकी प्रदेश सभाका सदस्य इन्द्रलाल सापकोटाले शुक्रबार उद्घाटन गरेका छन् । 

अस्पतालको 'बी' ब्लक भवनमा निर्माण गरिएको लिफ्ट सञ्चालनमा आएपछि सिंढी चढेर माथिल्लो तलासम्म सेवा लिन हिँड्नुपर्ने सेवाग्राहीको बाध्यता अन्त्य भएको धौलागिरी अस्पताल विकास समितिका अध्यक्ष केबी राना मगरले बताए ।  

भवनको निर्माण गर्दा लिफ्ट राख्ने गरी डिजाइन नभए पनि सबैको सुझाव, समय सापेक्ष माग र आवश्यकतालाई बोध गरेर लिफ्ट राखिएको अध्यक्ष रानाको भनाइ छ ।  लिफ्ट निर्माणका लागि गण्डकी प्रदेश सरकार समाजिक विकास मन्त्रालयले ५० लाख बजेट बिनियोजन गरेको थियो । तर, सार्वजनिक खरिदमा इण्डियन कम्पनी सयपत्री शोलुसन प्रालिले ४१ लाख २४ हजार ५ सय रुपैयाँमा निर्माण सम्पन्न गरेको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले जानकारी दिए । 

डा.पोखरेलका अनुसार, लिफ्टटमा एक पटकमा १ हजार ८८ किलो अर्थात् १६ जनासम्म आवतजावत गर्न सकिने क्षमता छ । 'यस अस्पातललाई सेवाग्राहीमैत्री बनाउनका लागि सेवामा गुणस्तर र भौतिक पूर्वाधारमा अभूतपूर्व सुधार गर्ने प्रयासमा छौं, 'उनले भने, 'यो लिफ्ट सेवा यसको पछिल्लो उदाहरण हो, हामी सबै हिसावले अस्पताललाई उदाहरणीय बनाउने कोसिसमा छौं।'

कोरोना संक्रमणका बीच मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बागलुङ आउँदा धौलागिरी अस्पताललाई उपप्रादेशिक अस्पतालको रुपमा विकास गर्ने उद्घोष गरेका थिए ।सोही अनुसार अहिले बजेट, कार्यक्रमसहित अस्पतालको सेवामा गुणस्तर र भौतिक संरचनाको विकास गर्ने काम धमाधम भइरहेको छ । गत वर्ष नै लिफ्ट निर्माण गरिसक्ने भनिए पनि कोरोनाका कारण देशमा लकडाउन भएपछि समयमै निर्माण हुन सकेको थिएन । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.