दार्चुलामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि
![दार्चुलामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि](https://annapurnapost.prixacdn.net/media/albums/swab-test-corona-virus-covid19_20200709025206_CZYkbk169P.jpg)
दार्चुला : जिल्लामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको ब्यास गाउँपालिकामा २ जना, मार्मा गाउँपालिकामा १३ जना र लेकम गाउँपालिकाका एकजना गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले बताए।
योसँगै दार्चुलामा कोरोना संक्रमितको संख्या ४२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ। उनका अनुसार जिल्ला बाहिरबाट आएकाहरुमा कोरोना संक्रमण देखिएको हो। हालसम्म २६ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)