नवलपरासीमा समुदायस्तरमा कोरोना परीक्षण

नवलपरासीमा समुदायस्तरमा कोरोना परीक्षण

परासी : पश्चिम नवपरासीमा समुदायस्तरमा कोरोना परीक्षण सुरु गरिएको छ ।समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंकामा शुक्रबारबाट सुनवल नगरपालिकाबाट परीक्षण सुरु गरिएको हो । परीक्षण जिल्लाभरका ७ वटै स्थानीय तहका समुदायस्तरमा सञ्चालन हुने छ । 

लकडाउन हटेसँगै स्वास्थ्य सजगतालाई बेवास्ता गर्दै सर्वसाधारणको चहलपहल बढेको छ । जसका कारण संक्रमण समुदाय स्तरमा पुगेको आशंकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी जिल्लास्तरीय समितिले परीक्षण सुरु गरेको समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । 
'पहिलो चरणमा ३ सय जनामा रेन्डम टेस्टिङ सुरु गर्छौं, अवस्था हेरेर त्यसलाई पुन: सूचारु गरिनेछ,' स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले भने । हालसम्म ३ हजार बढी क्वारेन्टाइनमा बसेर घर गएका छन् । क्वारेन्टाइनबाट समुदायमा कोरोना गए नगएबारे थाहा पाउन पनि परीक्षण सुरु गरिएको ढकालले बताए । क्वारेन्टाइनमा बसेकामध्ये १ सय २२ जनामा पोजिटिभ देखिएको छ । 

परीक्षणमा व्यापार, व्यवसाय गर्नेदेखि उद्योग कलकारखानामा काम गर्ने कामदार, सुरक्षाकर्मी, पत्रकार, बैंक तथा वित्तिय संस्थाका कर्मचारी र समुदायमा बढी घुलमिल भएका व्यक्तिहरुलाई सहभागी गराइएको छ । 

यसैबीच रामग्राम नगरपालिका र सुस्ता गाउँपालिकामा रहेका क्वारेन्टाइन शुक्रबारदेखि खाली भएका छन् । क्वारेन्टाइनमा रहेका सबै घर गएको र बाहिरबाट नयाँ व्यक्ति नआएपछि ती स्थानीय तहका क्वारेन्टाइन खाली भएका हुन् । अन्य ५ वटा स्थानीय तहमा भने अहिले पनि ६२ जना क्वारेन्टाइनमा छन् ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.