समायोजनपछि खाली रहेका विद्यालयमा क्‍वारेन्टाइन

समायोजनपछि खाली रहेका विद्यालयमा क्‍वारेन्टाइन

स्याङजा : लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या बढेपछि भीरकोट नगरपालिकाले समायोजनपछि खाली रहेका विद्यालय भवनमा क्वारेन्टाइन बनाउन थालेको छ। भीरकोट ५ फुलबारीस्थित पशुपति आधारभूत विद्यालयमा ४० वेडको क्वारेन्टाइन निमार्ण गरिएको हो।

यसअघि नगरपालिकाको केन्द्र भागमा रहेको केही निजी विद्यालयमा क्वारेन्टाइन बनाइएको थियो। विद्यालयमा पठन पाठन सुचारु हुने देखिएपछि पालिकाले विद्यालय समायोजनपछि खाली रहेका विद्यालय भवनलाई सदुपयोग गरेको नगरप्रमुख छायाँराम खनालले बताए। कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो छ। महामारीको रुप लिएपछि विदेशबाट आएकालाई निजी विद्यालयका क्वारेन्टाइनमा राखिँदै आएकोमा अबदेखि सोही विद्यालयमा राखिने भएको छ।

नेपालीका चाडपर्वहरु नजिकीदै गर्दा विदेशबाट समेत पालिकामा आउनेको सख्यामा बढ्नसक्ने भएकाले खाली रहेका अन्य सामुदायिक विद्यालयमा पनि क्वारेन्टाईन बनाइने भएको नगरप्रवक्ता दिपेन्द्र केसीको भनाई छ। कोरोनाको कहरविच विश्व स्वास्थ्य संस्थाको नियमनुसार १४ दिन निजि विद्यालयका क्वारेन्टाइनमा राखिएकोमा विस्तारै शैक्षिक क्रियाकलाप शुरु हुने भएपछि नगरपालिकाले सुविधा सम्पन्न क्वारेन्टाईन निर्माणमा जुटेको हो।

निजी विद्यालयमा क्वारेन्टाइन बनाई राखिएका व्यक्तिलाई नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राख्ने भीरकोट नगरपालिकाका उपप्रमुख सिमा कर्माचार्यको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.