धौलागिरी अस्पतालका कामदारलाई कोरोना

धौलागिरी अस्पतालका कामदारलाई कोरोना

बागलुङ : धौलागिरी अस्पताल बागलुङको सी ब्लक भवन निर्माणमा खटिएका एक कामदारलाई कोरोना संक्रमण पुष्टि भएको छ। लकडाउन खुल्ला भएसँगै अस्पतालको सी ब्लक भवन निर्माणका लागि महोत्तरीबाट आएका एक युवामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो। 

अस्पतालको निर्माण सम्बन्धि कामका लागि एकै गाउँबाट आएका १७ जनामध्ये पीसीआर परीक्षणका क्रममा एक युवकमा मात्र कोरोना संक्रमण देखिएको धौलागिरी अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए। उनीहरु चार दिन अघि अस्पतालको कामका लागि आएर सबै एकै ठाउँमा बस्दै आएका छन्।

‘कोरोना संकट र लकडाउनका कारण अस्पताल भवनको काम ठप्प थियो, लकडाउन खुल्ला भए सँगै काम शुरु गर्ने भएकाले आएका थिए,’ उनले भने, ‘पीसीआर परीक्षण गर्दा कोरोना देखिएकाले अस्पतालको आइसोलेसनमा राख्ने तयारी छ।’ अन्य १६ जनाको नेगेटिभ आएपनि संक्रमण हुने सबैसँगै बसेको हुनाले अब क्वारेन्टाइनमा राखेर केही दिनपछि पुनः स्वाब परीक्षण गरिने सूचना अधिकारी गौतमले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.