लमजुङमा कोरोना नियन्त्रणमा ५० लाख खर्च

लमजुङमा कोरोना नियन्त्रणमा ५० लाख खर्च

बेंसीसहर : लमजुङमा कोरोना भाइरस (कोभिड- १९) रोकथाम तथा नियन्त्रणका लागि जिल्लास्तरीय क्वारेन्टाइन संचालन तथा व्यवस्थापनमा करीब ५० लाख खर्च भएको छ । क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी) अर्थात संकट व्यवस्थापन केन्द्रका अनुसार गत आर्थिक वर्षमा मात्रै ४९ लाख ९२ हजार ५ सय ३७ रुपैयाँ २४ पैसा खर्च भएको हो । 

सीएसमीका अनुसार आइसोलेसन निर्माणका लागि मात्र ११ लाख ३५ हजार २६ रुपैयाँ २४ पैसा खर्च भएको सीएसमीका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । 

उनका अनुसार क्वारेन्टाइन निर्माण तथा संचालन, व्यवस्थापन र आइसोलेनस वार्ड निर्माण, व्यक्तिगत सुरक्षा सामग्री व्यवस्थापनमा करीब ५० लाख खर्च भएको हो ।

लमजुङ क्याम्पस सुन्दरबजार, सहजीस्थित सहरी विकास कार्यालयको क्वारेन्टाइन, लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसन, जिल्ला समन्वय समितिको आइसोलसन र पछिल्ला क्वारेन्टाइन व्यवस्थापनमा उक्त रकम खर्च भएको सीएमसीले जनाएको छ । 

पछिल्लो समय जिल्ला समन्वय समितिको आइसोलेसनलाई सहजीस्थित सहरी विकास कार्यालयको भवनमा सारिएको छ । सहरी विकास कार्यालयमा क्वारेन्टाइन हटेपछि सुन्दरबजारको भोटेओडारस्थित भक्तिनमुना माविमा क्वारेन्टाइन राखिएको छ । यस्तै, सुन्दरबजारकै आदर्श बाल मावि र बेंसीसहरको भकुण्डेस्थित बालकल्याण माविमा पनि क्वारेन्टाइन निर्माण गरिएको छ ।

क्वीक रेन्पोन्स टीम (क्युआरटी) संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुसार क्वारेन्टाइनमा बसेकालाई खाना, खाना, विदेशबाट आउनेलाई ल्याउने, लैजाने सवारी खर्च, संक्रमित बोक्ने एम्बुलेन्सलगायत शीर्षकमा रकम खर्च गरिएको छ । 

हालसम्मको क्वारेन्टाइन र आइसोलेसन संचालन तथा व्यवस्थापनको लागि लमजुङका ८ वटै स्थानीय तहले ६/६ लाख रुपैयाँ गरी ४८ लाख रुपैयाँ सहयोग गरिसकेका छन् । केही स्थानीय तहको भने पुरै रकम नआइसकेको शर्माले बताए । 

आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले ३० लाख रुपैयाँ पठाएको छ । संक्रमितको उपचार तथा व्यवस्थापनको लागि पछिल्लो समय प्रदेश सरकारले प्रत्येक आइसोलेसनलाई ५ लाखका दरले १५ लाख रुपैयाँ पठाएको छ । 

बेंसीसहर नगरपालिकाको सहजी आइसोलेशन र लमजुङ जिल्ला सामुदायिक अइसोलेशनका लागि ५/५ लाख रुपैयाँ र सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालको आइसोलेसनका लागि ५ लाख रुपैयाँ पठाएको छ । प्रदेश सरकारले स्थानीय तहलाई उक्त रकम पठाएकोले अब आइसोलेसनमा रहेका संक्रमितका लागि स्थानीय तहले व्यवस्थापन गर्नुपर्ने भएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.