बलात्कारविरुद्वको विद्रोही स्वर ‘बदला बरिलै’

बलात्कारविरुद्वको विद्रोही स्वर ‘बदला बरिलै’

दुई छोरीका बुवा बनेका गुल्मी घर भई बागलुङमा व्यवसाय गर्दै आएका तुलसीराम पाण्डेले तेस्रो कहिले त ? भन्ने प्रश्नको झमेला घर परिवारदेखि आफन्त र बाटोघाटोसम्म निरन्तर बेहोरिरहेका छन्। यस्तो प्रश्न गर्नुको कारण छोरो प्रतिको परम्परागत आशक्ति हो। तर, पाण्डेलाई यी प्रश्न र व्यवहारले बिझाए पनि दुई छोरी प्रयाप्त भएकोमा सन्तोष मान्छन्। 

अहिले तीजको रौनक लाग्दै गर्दा लोकप्रिय गायक प्रकाश सपुतले आफ्नो तिज गितको विषय यही सामाजिक मनोविज्ञानमा आधारित रहेर तयार गरेका छन्। छोरी, त्यसमा पनि समाजका सत्ता, शक्ति र सम्पतिको पहुँचमा गरिने बलत्कारको विषयमा तयार तीज बिशेष गीत ‘बदला बरिलै’ ले समाजमा नयाँ तरंग पैदा गरेको छ।

यो गीत युट्युबमा सार्वजनिक भएको केही घण्टामै युट्युब ट्रेण्डिङमा आउनुका साथै छोराछोरीबीचको विभेद, त्यसमा छोरीहरुले बेहोर्नु परेको जघन्य बलात्कारको सवाललाई संवेदनशिल ढंगले उठान गरिएको छ। 

मेरो पनि आँखामा थिए धेरै सपना
बरिलै जिन्दगीको बारेमा
संसार जित्छु भनेर गरेकिथी अठोट
बरिलै आँफैसँग हारे म

यो गीत सुन्ने र हेर्ने दर्शकले समाजमा विद्यमान लैंगिक विभेद र बलात्कारविरुद्वको विद्रोही आवाजको रुपमा चित्रित गरेका छन्। 

सम्हालेर राखेको फुल जस्तो जोवन
बरिलै चुड्यो बरै पापीले 
खुलेन कहिल्यै न्यायको ढोका
बरिलै गरिबको चापीले 

समाजमा छोरीलाई हेर्ने दृष्टिकोण र बलात्कार जस्तो जघन्य अपराधले विगत एक वर्षदेखि आँफुलाई बिझाइरहेको र अहिले आएर गीतमार्फत प्रस्तुत गरिएको गायक प्रकाश सपुतले बताए। अहिलेको कठिन परिस्थितिमा यो गीत र म्युजिक भिडियोमा ठूलो लगानी भएपनि समाजमा व्याप्त सामाजिक समस्या उठान गरेकाले आफूलाई बढी सन्तुष्टि मिलेको सपुतको भनाई छ।

सपुतको शब्द, लय तथा भिडियो निर्देशनमा रहेको गीतमा गायिका देवी घर्तिको आवाज र नायिका केकी अधिकारी लगायतको अभिनय छ। शुक्रबार राति अवेर सार्वजनिक गरिएको गीत अहिले युट्युब ट्रेण्डिङको तेस्रो स्थानमा छ।  

यस गीतको भिडियो दुई दिनमै ४ लाख ३७ हजार बढी दर्शकले हेरिसकेका छन्। यो गीत नेपाली समाजमा जर्बजस्त दमित आवाजको प्रतिबिम्ब भएको श्वेता मैनाली बताउँछिन्। ‘आजकाल संख्यात्मक रुपमा धेरै तर गुणस्तर कम हुने गीतहरुको भीड छ’ उनी भन्छिन्–‘यस्तो गीत सुन्न हेर्न पाउँदा संगीत यतिसम्म सशक्त हुने रहेछ भन्ने महसुस हुन्छ।’ अधिकारकर्मी एवम् पत्रकार सिर्जना पन्तले पनि जघन्य अपराधकर्मविरुद्वको सशक्त आवाज गीत र भिडियोमा रहेको बताइन्। अब सबैले अपराधका विरुद्वमा बोल्नुपर्छ भन्ने जागरण र उत्साहका लागि गीतले महत्वपूर्ण सन्देश दिएको पन्तको भनाई छ। 

नेपाली लोक सांगीतिक क्षेत्रमा गायक सपुतको ‘बोलमाया’, ‘गलबन्दी’ गीत सर्वाधिक लोकप्रिय गीत हो। युट्युवमार्फत हाल सम्म ‘बोलमाया’ गीत १ करोड ६६ लाख पटक हेरिएको छ भने ‘गलबन्दी’ ४ करोड १२ लाख ९३ हजार ९ सय ५६ पटक हेरिएको छ। उसो त रक पपमा झुम्ने युवा पुस्तालाई केन्द्रित गरेर दोहोरी ब्याटलसहित दर्जनौ गीतसमेत उनले श्रोता दर्शक माझ पस्केका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.