सुशान्त सिंह मृत्यु प्रकरणमा प्रहरीभित्रै विवाद, बिहार प्रहरीलाई जबर्जस्ती क्‍वारेन्टाइनमा

सुशान्त सिंह मृत्यु प्रकरणमा प्रहरीभित्रै विवाद, बिहार प्रहरीलाई जबर्जस्ती क्‍वारेन्टाइनमा

नयाँदिल्ली : बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनबारे अनुसन्धानको क्रममा बिहार प्रहरी र मुम्बइ प्रहरीबीच विवाद उत्पन्न भएको छ ।

घटनाको अनुसन्धानका लागि मुम्बइ पुगेका बिहारका आईपीएस अधिकारी विनय तिवारीलाई जबर्जस्ती क्वारेन्टाइनमा राखिएको बताइएको छ । बिहार प्रहरीका महानिर्देशक गुप्तेश्वर पाण्डेले यस्तो आरोप लगाएका हुन् । सुशान्तको मृत्युबारे उनका बाबुले बिहार प्रहरीमा मुद्दा दायर गरेका थिए ।

सोही क्रममा बिहार प्रहरीको एक टोली केही समयअघि अनुसन्धानका लागि मुम्बइ पुगेको थियो । जसको नेतृत्व गरेका थिए विनय तिवारीले । उनैलाई मुम्बइ प्रहरीले क्वारेन्टाइनमा राखिदिएको हो ।

तर बिहार प्रहरीले उक्त घटनाको विरोध गरेको छ । मुख्यमन्त्री नितिश कुमार लगायत अन्य उच्च अधिकारीले मुम्बइ प्रहरीको कदमप्रति आपत्ति जनाएका थिए । बीबीसी हिन्दीका अनुसार तिवारीलाई मुम्बइ प्रहरीले रातको ११ बजे पक्राउ गरी क्वारेन्टाइनमा राखिदिएको थियो ।

बिहार प्रहरीले आफूलाई जानकारी नदिइकन यसरी पक्राउ गरिएको घटनामा मुम्बइ प्रहरीको विरोध जनाएको छ । मुम्बइ प्रहरीले भने एक राज्यको प्रहरीले अर्को राज्यमा गएर अनुसन्धान तथा जाँचबुझ गर्न नसक्ने प्रतिक्रिया दिएको छ । भारतमा एक राज्यको घटनालाई लिएर अर्को राज्यमा उजुरी दिन पाइए पनि प्रहरीलाई अर्को राज्यमा गएर सूचना विना नै अनुसन्धान गर्न छुट नभएको मुम्बइ प्रहरीले जनाएको हो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.