बोक्सी करार गर्ने झाँक्री र तनाव दिने सासू, ससुरा पक्राउ

बोक्सी करार गर्ने झाँक्री र तनाव दिने सासू, ससुरा पक्राउ

बेंसीसहर : लमजुङको मस्र्याङ्दी गाउँपालिका–८ की एक महिलामाथि बोक्सीको आरोप लगाएको अभियोगमा झारफुक गर्ने झाँक्रीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।२८ वर्षीय महिलालाई बोक्सी करार गर्ने स्याङ्जा भीरकोट नगरपालिका–९ का झाँक्री २८ वर्षीय रामप्रसाद गुरुङ पक्राउ परेका हुन् ।

त्यसैगरी पीडित महिलाका ससुरा वर्ष ६५ का गोरेबहादुर तामाङ, वर्ष ६२ की सासू कौरीमाया तामाङ र जेठानी वर्ष २८ की आशकुमारी तामाङलाई पक्राउ गरिएको डिएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

गत असार ८ गते झारफुक गर्ने क्रममा झाँक्रीले ती महिला बोक्सी भएको आरोप लगाएका थिए। झाँक्रीको विश्वासमा परी बोक्सी भन्दै सासू–ससुरा, जेठानी तथा विदेशमा रहेका श्रीमानले समेत मानसिक तनाव दिन थालेपछि पीडितले प्रहरीमा उजुरी गरेकी थिइन्।

पीडितको जाहेरीका आधारमा अभियोग लागेका चारै जनालार्ई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी निरीक्षक ओमप्रसाश पुनले जानकारी दिए। जिल्ला अदालतबाट साउन १८ गते म्याद थप गरी अनुसन्धान कार्य भइरहेको पुनले बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.