बुटवलमा २४ वर्षीय युवाले गरे आत्मदाह

बुटवलमा २४ वर्षीय युवाले गरे आत्मदाह

बुटवल : रुपन्देहीको देवदहमा एक युवाले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका छन् । देवदह नगरपालिका वडा नम्बर ५ का २४ वर्षीय विपिन बस्यालले मंगलबार बिहान शरीरमा मट्टितेल छर्किएर आगो लगाएका थिए ।

उनी देवदहको शीत्तलनगरस्थित मगर संघको भवनमा रहेको क्वारेन्टाइनमा सुरक्षागार्डमा काम गरिरहेका थिए । मंगलबार बिहान तीन बजेतिर उनले शरीरमा आगो लगाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रतितसिंह राठौरले जानकारी दिए ।

उनको बिहान देवदहकै मेडिकल कलेजमा उपचार भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि बुटवलकै प्रादेशिक अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

उनी कोरोना महामारीपछि क्वारेन्टाइनमै काम गरिरहेका थिए । उनले के कारणले आत्मदाह गरे भन्ने खुलेको छैन । प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.