चेन्टलको फेरियो रूप
हलिउड : हलिउड अभिनेत्री, मोडल तथा डीजे चेन्टल जेफ्रिज अहिले आरामको जीवन बिताइरहेकी छन् एकातिर कोरोना महामारीका कारण उनी व्यस्त भएकी छैनन् भने अर्कातिर सोसल मिडियामार्फत अनेक रूपमा फ्यानसँग जोडिन समय निकालिरहेकी छन्।
प्रोफेसनल लाइफबाट ब्रेक लिए पनि उनी सोसल मिडियामा भने निकै सक्रिय छिन्। ग्ल्यामरको दुनियाँबाट टाढा जान नसकेकी उनी हालै आफ्नो नयाँ अन्दाजमा फोटो सुट गरर फ्यानसँग जोडिन आइपुगेकी छन्।
सोसल एकाउन्टमा नयाँ रूपमा हट तस्बिर सेयर गरेकी उनका तस्बिर अहिले भाइरल भइरहेका छन्। उनी यस पटक ‘ग्रिन इन अल’ लुकमा उनी प्रस्तुत भएकी छन्। हरियो रङको बिकनी र हरियो रङकै ट्राउजरमा उनी टाइअप भएकी छन्। शिरमा लगाएको हरियो रबर ब्यान्डले उनको आकर्षणमा रङ थपेको छ। अझ त्यही रङको चप्पलले त उनका फ्यान भुतुक्कै भएका छन्। उनले सोसल मिडियामार्फत ग्ल्यामर पस्कन लागेको यो पहिलो पटक होइन। उनी विभिन्न रूपमा यसरी प्रस्तुत हुने गर्छिन्। -एजेन्सी