पुतलीबजारका एकै परिवारका चारसहित ८ जनामा कोरोना संक्रमण
स्याङजा : स्याङ्जामा मंगलबार साँझ थप ८ जना संक्रमित थपिएका छन्। कन्ट्याक्ट ट्रेसिङका आधारमा देखिएको संक्रमणमा एकाघरका ४ जनालाई कोरोना भाइरस पुष्टि भएको छ।
ती युवामा संक्रमण पुष्टिपछि स्वास्थ्य कार्यालयले उनका वडाका ३८ जनाको कन्ट्याक् ट्रेसिङ गरिएकोमा ३० जनाको रिपोर्ट नेगेटिभ र एक जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ।
संक्रमितमध्ये ७ जना पुतलीबजारको र एक जना वालिङका ३९ वर्षका पुरुष रहेको पुतलीबजार नगर स्वास्थ्य शाखा प्रमुख काफलेले जानकारी दिए।
योसँगै स्याङ्जामा संक्रमितको संख्या २ सय ७९ पुगेको छ।