थप विभाग गठन गर्दै देउवा

थप विभाग गठन गर्दै देउवा

काठमाडौं : महाधिवेशनको मिति घोषणा भइसकेपछि विभाग गठन र त्यसलाई पूर्णता दिने काम भएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तीव्र असन्तुष्टि जनाइरहेका बेला सभापति देउवा भने थप विभाग गठनको तयारीमा जुटेका छन्।

यसअघि २० विभाग गठन गरिसकेका देउवाले तत्काल थप केही विभागको संयोजक घोषणा गर्ने गरी आन्तरिक छलफल सुरु गरेका हुन्। ‘केही दिनभित्रै कम्तीमा १० विभागको संयोजक घोषणा हुनसक्छ’, देउवा निकट स्रोतले भन्यो, ‘त्यसका लागि आन्तरिक तयारी भइरहेको छ।’ सभापति देउवाले मंगलबार बिहान आफूनिकट नेताहरूसँग यसबारेमा छलफल गरेका छन्। गठन भएका विभागलाई चाँडै पूर्णता दिने र थप विभागको संयोजक चयन गर्ने विषयमा देउवा निवास बूढानीलकण्ठमा छलफलमा भएको एक नेताले बताए।

यसअघि गठन गरिएका विभागलाई पूर्णता दिन नाम संकलनको कार्य अन्तिम चरणमा पुगेको संस्थापन पक्षले जनाएको छ। ‘सम्भवतः बिहीबारसम्म सभापतिज्यूले वरिष्ठ नेता पौडेलसँग छलफल गर्नुहुन्छ’, ती नेताले अन्नपूर्णसँग भने, ‘सकेसम्म सहमतिमै विभााग गठन गर्ने मनसायमा सभापति हुनुहुन्छ, उहाँ (पौडेल) ले मान्नु भएन भने थप विभाग गठन हुन्छन्।’ कांग्रेसमा ४७ विभाग छन्। कांग्रेस विधानअनुसार महाधिवेशन भएको ६ महिनामा विभाग गठन गरिसक्नुपर्ने भए पनि देउवा चार वर्षको अन्तमा यो कार्यमा जुटेका छन्।

पौडेल समूहले भने महाधिवेशनलाई प्रभावित पार्न देउवाले विभाग गठन गरेको भन्दै आपत्ति जनाउँदै आएका छन्। उनीहरूले पार्टीको केन्द्रीय निर्वाचन समितिमा उजुरी दिनुका साथै अघिल्लो बिहीबार सभापति देउवालाई भेटेर लिखित ध्यानाकर्षण गराएका थिए। देउवाले भने सहमतिमा विभाग गठन गर्न खोज्दा ढिलाइ भएको जिकिर गर्दै आएका छन्। विभागलाई पूर्णता दिन उनले पौडेललाई नाम दिन आग्रह गरेका छन्। कांग्रेस महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ।

नेविसंघ पूर्णता अलमलमा

प्रमूख भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)लाई पूर्णता दिनेबारे कांग्रेसमा अझै अलमल देखिएको छ। ६ महिनाभित्र महाधिवेशन गर्ने गरी गठन गरिएको नेविसंघ कार्यसमितिले पूर्णता नपाउँदै म्याद गुज्रिसकेको छ।

१०१ सदस्यीय नेविसंघ अहिले १० पदाधिकारीमा सीमित छ। सभापति देउवाले समयावधि सकिएका सबै भ्रातृसंस्थाको म्याद ६ महिना थपेसँगै नेविसंघलाई पूर्णता दिनेबारे चर्चा सुरु भएको हो। नेविसंघ र तरुण दल पूर्णता दिनुपर्ने आवाज पार्टीभित्र उठे पनि ठोस पहल सुरु भई नसकेको नेताहरू बताउँछन्। ‘हामीले धेरै पटक पूर्णता दिनुस भनेर नेताहरूलाई भनिसक्यौं। तर, अहिलेसम्म ठोस पहल भएको पाएनौं’, नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले भने, ‘अधिवेशनका लागि प्रतिनिधि पठाउन पनि समस्या छ।’

काम गर्ने गरी कमिटी दिन पटक–पटक आग्रह गर्न पनि सुनुवाइ नभएको बताउँदै उनले भने, ‘भ्रातृसंस्था प्राथमिकतामा नपरेको हो कि ? ’ कांग्रेस विधानको धारा ४२ को च, छ र ज मा समयावधि सकिएका भ्रातृसंस्था पार्टीले विघटन गर्न सक्ने र आवश्यक व्यवस्था गर्न सक्ने प्रावधान छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.