मास्क वितरणसँगै सचेत गराउँदै जिल्ला कमाण्ड पोष्ट

मास्क वितरणसँगै सचेत गराउँदै जिल्ला कमाण्ड पोष्ट

काभ्रे : जिल्लाको मुख्य बजार र उपत्यका छिर्ने नाका साँगामा जिल्ला प्रसाशन कार्यलय मार्फत जिल्ला कमाण्ड पोष्टले मास्क वितरण गरेको छ। रोनाको जिल्ला कमाण्ड पोष्टका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना सहित जिल्ला कमाण्ड पोष्टका सदस्यले खुल्ला रुपमा बजारमा हिंडिरहेका सर्वसाधारणलाई माक्स लगाउन सचेतना दिंदै मास्क वितरण गरेका हुन्। 

जिल्लाको मुख्य बजार बनेपा, धुलिखेल र उपत्यका छिर्ने साँगामा मास्क वितरण गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए। बजारमा बिनामास्क हिंड्नेलाई प्रहरीले एक सय जरिवना गर्न सक्ने र कोरोनाको समयमा घरबाहिर मास्क लगाएर हिंड्नुपर्छ भन्ने सन्देश दिदै मास्क वितरण गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए।

जिल्ला कमाण्ड पोष्टका सदस्यसहित प्रहरी प्रमुख, जिल्ला स्वास्थ्य कार्यलय प्रमुख, अनुसन्धान कार्यलय प्रमुखसहितको टिमले दुई हजारभन्दा धेरै मास्क सर्वसाधरणहरुलाई वितरण गरिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए। मुख्य बजार र साँगामा बालबालिका, वृद्धवृद्धा, युवायुवती सबै उमेर समूहका यात्रुलाई मास्क वितरण गरिएको थियो।

कोरोना महामारी बढ्दै गइरहेको र सरकारले मास्क नलागउनेलाई एक सय जरिवना गर्न सक्ने भएकाले सर्वसाधरणलाई जानकारीसँगै मास्क लगाउन अनिर्वाय छ भन्ने कुराको ध्यान दिनको लागि मास्क वितरण गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रबिकुमार पौडेलले जानकारी दिए। मास्क नलगाउने नौ हजार तीन सय जनालाई अशिलेसम्म प्रहरीले समझाइबुझाइ सचेत गराएको र मास्क नलगाउने ७५ जनालाई प्रहरीले एक सय रुपैयाँका दरले कार्वही गरिएको एसपी पौडेलले जानकारी दिए।

जिल्लामा मंगलबारसम्म २९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा विभिन्न आइसोलेसनमा उपचारपछि २७ जना डिस्चार्ज भइसकेको २ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको जिल्ला स्वाथ्य कार्यलय काभ्रेका प्रमुख एवं जिल्ला कमाण्ड पोष्ट सदस्य सचिब डा नरेन्द्रकुमार झाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.