गाडी मर्मतमै लाखौं खर्च

गाडी मर्मतमै लाखौं खर्च

बुटवल : बजार मूल्यभन्दा बढी रकममा गाडी खरिद गरेको भन्दै चर्काे आलोचना खेपेको प्रदेश ५ को प्रदेश सभाले गाडी मर्मतमा झण्डै पौने एक करोड सकेको छ। नयाँ गाडी खरिद भएको १८ महिनामै र केही पुराना गाडीको मर्मतवापत ६३ लाख १९ हजार रुपैयाँ खर्च भएको हो।

प्रदेश सभाले आर्थिक वर्ष ०७४-७५ को असोजमा ११ वटा टाटा स्ट्रोम गाडीसहित १४ वटा खरिद गरेको थियो। नयाँ गाडीमै ६ महिनामा ३ लाख रुपैयाँ खर्च गरेको थियो। अधिकांश गाडी तराई क्षेत्रको राजमार्ग र सजिलो बाटोमा चल्दै आएका छन्। सबैभन्दा बढी लु १ झ ४५६ नम्बरको गाडी मर्मतमा ८ लाख १९ हजार रुपैयाँ खर्च भएको छ। यो नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकाल चढ्ने गाडी हो। 

प्रदेशसभाका अन्य गाडीको मर्मत खर्च भने अस्वाभाविक छ। सभामुख पूर्णबहादुरले गत असारसम्म २ वटा गाडी प्रयोग गर्दै आएका थिए। स्कोटा कम्पनीको नयाँ गाडी खरिद गरी तीन वटा पुर्‍याए । दुई पुराना गाडीको मर्मतमा साढे ९ लाख रुपैयाँ खर्च भएको छ। बा २ झ २२८४ नम्बरको गाडीमा १ लाख ९२ हजार खर्च छ भने बा १ झ ९७२९ नम्बरको गाडीको मर्मत ७ लाख ६१ हजार।  

प्रदेशसभाका उपसचिव श्यामप्रसाद श्रेष्ठ चढ्ने गाडीको मर्मत खर्च साढे ७ लाख छ। बा १ झ ६७५७ नम्बरको गाडीको मर्मत खर्च ७ लाख ३७ हजार छ। प्रदेश सभामा सभामुख, उपसभामुख, विपक्षी दलका नेता र प्रमुख सचेतक, सत्तारुढ संसदीय दल प्रमुख सचेतक, समितिका सभापतिदेखि सहसचिवसम्मले गाडी सुविधा लिएका छन्। मर्मतबाहेक इन्धन र ड्राइभर सुविधासमेत यी पदाधिकारीलाई छ।

समितिका सभापतिमध्ये कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादव चढ्ने गाडीको मर्मतमा चार लाख ५५ हजारभन्दा धेरै खर्च भएको छ। उपसभामुख कृष्णी थारु चढ्ने लु १ झ ४४४ नम्बरको गाडी मर्मतमा ३ लाख ४० हजार खर्च भएको छ। एकैपटक खरिद भएका गाडीमध्ये लु १ झ ४४७ नम्बरको मात्रै मर्मत खर्च ३७ हजार छ। यो विपक्षी दलका नेताले चढ्ने गाडी हो। उनको निधनपछि यो गाडी बुधबारबाट मात्रै दलका नया नेता चुनिएका वीरेन्द्र कनौडियाले लगेका छन्। अन्य सबै गाडीको एक लाखभन्दा बढी रकम मर्मतमा खर्च भएको छ । 

सभामुखलाई तीनवटा गाडी

दुई वटा गाडीमा सयर गरिरहेका सभामुख घर्तीका लागि प्रदेशसभाले गत असारमा नयाँ गाडी खरिद गर्‍यो ।  प्रदेशसभाका लेखा अधिकृत आलोक अग्रहरीका अनुसार स्कोटा गाडीको मूल्य १ करोड हो। प्रदेश–३–०१–००२ झ ५२४४ नम्बरको गाडी सभामुखले चलाइरहेका छन्। 

प्रदेश सभामा चालु आर्थिक वर्षमा पनि गाडी खरिदका लागि बजेट विनियोजन गरिएको छ। कार्यालय प्रयोजनका लागि ४५ लाख बराबरको गाडी र कर्मचारीका लागि मोटरसाइकल र स्कुटर खरिदमा १२ लाख ५० हजार बजेट विनियोजन गरिएको छ। 

प्रदेशसभाले नया स्ट्रोम गाडी खरिद गर्दा बजारमूल्यभन्दा ३ लाख ४० हजार रुपैयाँ बढी तिरेको थियो। लेखा समितिको निर्देशनपछि बढी मूल्यवापतको ३७ लाख ४० हजार फिर्ता ल्याइएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.