आफैले थापेको एम्बुसमा परी मृत्यु
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ५ को रिङदीमा आफैले थापेको एम्बुसमा परेर एकजनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न ठाउँमा बदेल मार्नका लागि मकैबारीमा करेन्ट लगाउने गर्दछन् ।
मकै जोगाउनका लागि बँदेल मार्न करेन्ट लगाएर आफैले बनाएको एम्बुसमा परेर अन्दाजी ५० वर्षीय तुल्सीराम पाण्डेको मृत्यु भएको स्थानीय विष्णु भुसाले बताए ।
छत्रदेव गाउँपालिका ३ बल्कोट घर भएका पाण्डे रिङदीमा बस्दै आएका थिए ।मकै जोगाउनका लागि बँदेल मार्नका लागि रातीमा करेन्ट लगाउने गरिन्छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए ।
प्रतिक्रिया दिनुहोस !
५