बैतडीमा कोरोना संक्रमितका आफन्तको परीक्षण

बैतडीमा कोरोना संक्रमितका आफन्तको परीक्षण

बैतडी : बैतडीमा कोरोना संक्रमण पुष्टि भएका नागरिकका आफन्तको स्वाब संकलन गरेर कोरोना परीक्षण सुरु गरिएको छ । समुदायमा कोरोना फैलिएको नफैलिएको बारेमा जानकारी लिनका लागि संक्रमितका आफन्तको स्वाब संकलन गरेर कोरोना परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

उनले भने, 'हामीले समुदायमा कोरोनाको अवस्था के छ भनेर संक्रमितका आफन्तहरुको स्वाब संकलन गरेर कोरोना परीक्षण थालेका छौं ।' यसैक्रममा पाटनका ४६ जनाको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा सबैको रिपोट नेगेटिभ आएको छ ।संक्रमितका सम्पर्कमा रहेका कम्तीमा २ जना आफन्तको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि डडेल्धुरा पठाउने कार्य भइरहेको स्वास्थ्य प्रमुख भट्टले बताए । 

पाटन नगरपालिकाले ४६ जनाको स्वाब संकलन गरेको सबैको रिपोट नेगेटिभ आएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।उनले भने, 'हामीले संक्रमितका आफन्तहरुको स्वाब संकलन गरेर पठाएका थियौं । सबैको रिपोट नेगेटिभ आएको छ । यसले समुदायमा संक्रमण फैलिएको छैन भन्ने पुष्टि भएको छ ।'

जिल्लाका अन्य स्थानीय तहहरुमा पनि संक्रमितका आफन्तहरुको स्वाब संकलन कार्य भईरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, 'केही ठाउँमा स्वाब संकलन भएर प्रयोगशालामा पठाइसकिएको छ । केही ठाउँमा स्वाब संकलनको काम भइरहेको छ ।'

प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशन अनुसार संक्रमितका आफन्तको स्वाब संकलन गर्ने कार्य सुरु भएको हो । यसले समुदायमा कोरोना संक्रमणको अवस्थाका विषयमा थाहा हुने बताइएको छ ।
 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.