सन्धिखर्क नगरपालिकामा स्तनपान कक्ष

सन्धिखर्क नगरपालिकामा स्तनपान कक्ष

सन्धिखर्क :  महिला सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै सन्धिखर्क नगरपालिकाले कार्यलय परिसरमा स्तनपान कक्ष निर्माण गरेको छ ।  कामको सिलसिलामा साना बालबालिका लिएर आउने महिला सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाको स्वास्थ्य शाखाले सेवाग्राही मैत्री स्तनपान कक्षको निर्माण गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले बताए । 

नगरपालिकाको कार्यलय परिसरभित्र निर्माण गरिएको स्तनपान कक्षको शुक्रबार एक कार्यक्रमका बीच नगर प्रमुख कमल प्रसाद भुसालले उद्घाटन गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बच्चाको लागि आमाको दूध नै नानीहरुका लागि पौष्टिक आहार भएको बताए।

उनले केही माहिलाले स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि कारण देखाउँदै बच्चालाई दूध नचुसाउने गरेको बताउँदै आधुनिक विज्ञानले यो कुरा गलत साबित गरेको बताए । 

सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले आमाले शिशुलाई स्तनपान गराउँदा आत्मीयता, भावनात्मक सुहानुभूति, एवं आत्मसन्तुष्टि प्राप्त हुने बताए  । उनले स्तनपानले आमा र बच्चाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउँदै स्तनपानले शिशुको बौद्धिक क्षमता पनि वृद्धि हुने बताए । 

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत युगलनारायण बस्याल, शाखा अधिकृत मन्जु खनाल, वडा अध्यक्ष राजेन्द्र भुसाल, इश्वरी प्रसाद भुसाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रम स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीको सञ्चालनमा सम्पन्न भएको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.