दोलखामा बाढी-पहिरोबाट एकको मृत्यु, ११ परिवार विस्थापित

दोलखामा बाढी-पहिरोबाट एकको मृत्यु, ११ परिवार विस्थापित

दोलखा : बिहीबार राती परेको वर्षाको कारण आएको पहिरोमा परी उत्तरी दोलखाको गौरीशंकर गाउँपालिका-८, खारे टुनीटारमा ग्रील मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिका-८ सुनखानीका २८ वर्षीय सुरेश शिवाकोटी रहेको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

मृतक शिवाकोटी सिंगटीबाट टुनिटारको नवनिर्मित घरमा बास बसिरहेको बेला पहिरोले पुरेर मृत्यु भएको स्थानीय बद्री खड्काले जानकारी दिए । मृतक शिवाकोटीको शव उत्खनन गरेर प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा पोष्टमार्टमका लागि लगिएको प्रजिअ शर्माले बताए ।

पहिरोमा परेर जाजरकोट ठेडागाड नगरपालिका-९ का २० वर्षीय लोकेन्द्र चौधरीको हात भाँचिएको र उनको उपचार भइरहेको दोलखाका प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले बताए । 

पहिरोको कारण गौरीशंकर गाउँपालिका-५, ६ र ८ गरी ३ वटा वडाका ५४ जना पूर्णरुपमा विस्थापित भएका छन् भने ६ घरमा पूर्ण क्षति पुगेको छ। पहिरोले एउटा मोटरसाइकल बगाउनुको साथै ४३ चौपाया मरेको प्रहरीले जनाएको छ । 

गौरीशंकर गाउँपालिका-६, गुरुम्फी क्षेत्रमा सुरीखोलाबाट आएको बाढी बजारमा छिर्दा एक स्वास्थ्यचौकीसहित १० वटा घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । तामाकोसी नदीको सतहले निर्धारित तटीय क्षेत्रभन्दा माथि छोएपछि बिहीबार राति १० बजेतिर जल तथा मौसम विज्ञान विभागले एसएमएसमार्फत जानकारी गराउँदै स्थानीयलाई सचेत रहन आग्रह गरेको थियो । 

गौरीशंकर गाउँपालिका प्रवेश गर्ने भोर्लेस्थित बेलिव्रिज जोखिममा परेको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले बताए । पालिकाको करिब सयमिटर मुख्य सडक बाढीले बगाएपछि सुरी, खारे, चंखु र मार्बु जाने यातायात अवरुद्ध भएको छ । बाढीले ६ दशमलव ४ मेगावाटको सुरीखोला हाइड्रोपावर, ११ दशमलव ६ मेगावाटको तल्लो खानीखोला र ५ मेगावाटको घट्टेखोला जलविद्युत् आयोजनमा समेत क्षति पुगेको छ ।



 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.