महिला उत्पिडनविरुद्ध गायिका सोनियाको भिडियो श्रृंखला
काठमाडौँ : गायिका सोनिया डिसीले महिला उत्पिडनविरुद्ध टेलिभिजन सिरियल 'घाइते मुटु' सार्वजनिक गरेकी छन् ।
अज्ञानता, अशिक्षा तथा पुरुषसत्तावादी सोचको शिकार बनेका महिलाहरुको कारुणिक काहानी सिरियलमा देखाइएको छ । खासगरी ग्रामिण भेगमा महिलाले परिवार, छरछिमेक र समाजबाट हरेक दिन भोग्नु परेका पीडालाई कलात्मक रुपमा सिरियलमा उतारिएको छ ।
हालै सार्वजनिक भएको पहिलो भागमा रजश्वला भएकी युवतीले आफ्नै बिरामी आमालाई छुन नपाउँदा आमाको ज्यान नै गएको दृश्य मार्किक तरिकाले देखाइएको छ । जहाँ पुरुषसत्तावादी सोचबाट ग्रसित नेपाली समाजको यथार्थ उदांगो पारिएको छ ।
बसन्त खनालको निर्देशनमा तयार भएको उक्त सिरियलको गोपाल बटालाले व्यवस्थापन गरेका छन् । सिरियलमा भुपाल कार्की, गोपाल बटाला, लक्ष्मी लामा, मधु दुश्मन, दीप श्रीपाली, सम्राट घिमिरे लगायत कलाकारले अभिनय गरेका छन् ।
गायिका सोनियाले नेपाली समाजको विसंगत पक्षलाई हटाउन र नयाँ चेतना उजागर गर्न आफ्नो भिडियो श्रंखलाले केही मद्दत गर्ने अपेक्षा गरेकी छन् । सोनियाको 'घाइते मुटु' युट्युबमा पनि उपलब्ध छ ।