अछाममा कोरोना संक्रमितको संख्या ७०७ पुग्यो

अछाममा कोरोना संक्रमितको संख्या ७०७ पुग्यो

अछाम : अछाममा कोरोना संक्रमितको संख्या ७०७ पुगेको छ। स्वास्थ कार्यालय अछामको तथ्याङ्क अनुसार जिल्लामा ७०७ जना संक्रमित रहेकोमा ५६८ जना पुरुष र १३९ जना महिलाहरु रहेका छन्। हालसम्म ६५९ जना निको भएर फर्किएका छन्।

जिल्लामा कम उमेरका बढी कोरोना संक्रमित रहेका छन्। स्वास्थ कार्यालय अछामका अनुसार १५ देखि २५ वर्ष उमेर समुहका २४९ जना संक्रमित रहेका छन्। अछाममा जन्मेदेखि १५ वर्ष उमेरका ८१ जना बालबालिकामा पनी कोरोना संक्रमण पुष्टि भएको छ। जन्मेदेखि ५ वर्ष उमेरका ३८ जना, ५ देखि १० वर्ष उमेरका २८ जना र १० देखि १५ वर्षका १५ जना रहेका छन्। २५ देखि ३५ वर्षका २२४ जना, ३५ देखि ४५ वर्षका ९०,४५ देखि ५५ वर्षका ३९,५५ देखि ६५ बर्षका १७ र ६५ बर्ष माथिका ७ जना संक्रमित रहेका छन्।

जिल्लामा १५ देखि २५ वर्ष उमेरका रोजगारीका लागी भारतमा जाने भएकाले बढी संक्रमित रहेका छन्। ४ हजार ४ सय ५६ जनाको स्वाब संकलन गरेकोमा ३ हजार ५ सय ९९ जनाको रिपोर्ट नेगेटिभ आएको छ। १२० जनाको रिपोर्ट आउन बाँकी रहेको छ। जिल्लाका दश स्थानीय तह मध्ये साँफेबगर नगरपालिकाले ९९०, मेल्लेख गाउँपालिकाले ७४४, मंगलसेन नगरपालिकाले ६७५, चौरपाटी गाउँपालिका ४३९, पञ्चदेव बिनायक नगरपालिका ४४९, रामारोशन गाउँपालिका २८६, बान्नीगढी जयगढ गाउँपालिका २८४, तुर्माखाद गाउँपालिका २५४, ढकारी गाउँपालिका २१० र कमलबजार नगरपालिका १२५ जनाको स्वाब संकलन परिक्षण गरेका छन्।

साँफेबगर नगरपालिकामा संक्रमित १६१, निको १५६, मेल्लेख गाउँपालिकामा संक्रमित ११७, निको ११४, रामारोशन गाउँपालिकामा संक्रमित १२०, निको १०३, मंगलसेन नगरपालिकामा संक्रमित ७६, निको ७६, चौरपाटी गाउँपालिकामा ५३, निको ५३, पञ्चदेवल बिनायक नगरपालिका संक्रमित ५०, निको ४५, बान्नीगढी जयगढ गाउँपालिका संक्रमित ५३, निको ३५ जना, तुर्माखाद गाउँपालिकामा संक्रमित २३, (निको सबै २३ जना), ढकारी गाउँपालिका संक्रमित २९, निको २८ र कमलबजार नगरपालिका २५ जनाको कोरोना संक्रमित रहेकोमा २५ जना नै निको भएर फर्किएका छन्। अछाममा कोरोना कारण एक जनाको मृत्यु भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.