मिनिषाको सम्बन्ध विच्छेद
मुम्बई : मिनिषा लाम्बा कानुनी रूपमा रयानसँग अलग भएकी छन्। उनी आफैंले यसको जानकारी दिएकी हुन्। विगत केही महिनादेखि मिनिषा र उनका पतिबीच सम्बन्ध राम्रो नभएको समाचार बाहिर आएको थियो। उनीहरूको सम्बन्धमा दरार आएको थियो। २०१९ बाटै उनीहरू बेग्लै बस्दै आएका थिए।
यस बारेमा मिनिषाले एक अन्तर्वार्तामा आफूहरूको तलाक भएको बताएकी छन्। ‘रयान र म अलग भइसकेका छौं’, मिनिषाले भनिन्। रयान एक व्यापारी हुन्। उनको होटल व्यवसाय छ। २०१३ मा उनीरूको भेट एक नाइट क्लबमा भएको थियो। भेट दोस्ती अनि दोस्ती प्रेममा परिणत भएको थियो।
दुई वर्षसम्म डेटिङ गरेपछि ६ जुलाई २०१५ मा मिनिषाले रयानसँग विवाह गरिन्। विवाह सामान्य रूपमा भएको थियो। थोरैको उपस्थितिमा थोरैलाई जानकारी दिएर विवाह सम्पन्न भएको थियो।
३५ वर्षीया मिनिषाले फिल्म ‘यहाँ’ बाट बलिउडमा पाइला राखेकी हुन्। यो फिल्म २०१५ ५ मे रिलिज भएको थियो। यसपछि रणवीर कपुरकी हिरोइनको रूपमा ‘बचना ऐ हसिनों’ (२००८) मा पनि देखिइन् तर उनको करिअरले गति लिन सकेन। बिग बोस सिजन–८ मा पनि उनी देखिइन्। एजेन्सी