हवाइ विज्ञ भन्छन् : केरलामा विमान दुर्घटना नभएर हत्या हो !
नयाँदिल्ली : यदी उचित कदम चालिएन भने शुक्रबार कोझीकोडेको जस्तै जहाज दुर्घटना पटना र जम्मु विमानस्थलमा पनि हुनसक्ने विज्ञहरु बताउँछन् ।
हवाइ सुरक्षा विज्ञ क्याप्टेन मोहन रंगनाथनले हालै भारतीय मिडियासँगको अन्तर्वार्तामा यस्तो भनेका थिए । रंगनाथन नागरिक उड्डयन मन्त्रालयले गठन गरेको सुरक्षा सल्लाहकार समितिका सदस्य हुन् । जसले ९ वर्षअघि नै केरलाको कालीकटस्थित कोझीकोडे विमानस्थल अवतरणका लागि असुरक्षित भएको औंल्याएका थिए ।
‘तर उनको चेतावनी बेवास्ता गरियो । मेरो बिचारमा यो दुर्घटना नभएर एक हत्या हो,’ रंगनाथनले भनेका छन् । यस्तै अनुसन्धानको क्रममा जहाजलाई दुर्घटनाअघि सुरक्षाको झण्डा देखाइएको थियो । यसले गर्दा पनि रंगनाथनका अनुसार उक्त दुर्घटना बदल्न सकिन्थ्यो ।
स्थानीय अधिकारीका अनुसार उक्त विमानस्थल जहाज अवतरण गर्न साँघुरो छ । यसैले पनि त्यहाँ थप सुरक्षा उपायको आवस्यकता छ । यसअघिको मेंग्लोर विमान दुर्घटनाको पनि समस्या उस्तै भएको रंगनाथनले औँल्याएका थिए । उनले दुबै विमानस्थल असुरक्षित रहेको बताउँदै आएका थिए ।
तर सावधानी नअपनाए यस्तै अरु दुर्घटना हुनसक्ने चेतावनी दिएका छन् । ‘पटना वा जम्मु विमानस्थलमा तपाईँले अर्को ठूलो दुर्घटना थाहा पाउनु हुनेछ । ती दुबै एयरफिल्ड जोखिमयुक्त र असुरक्षित छन्,’ उनले भने ।
करिब १० वर्षअघि रंगनाथनले नागरिक उड्डयन सुरक्षा सल्लाहकार परिषद्का अध्यक्ष र नागरिक उड्डयन सचिवलाई पत्र पठाउँदै कोझीकोडे विमानस्थलको ‘रन वे १०’ अवतरणका लागि जोखिममयुक्त हुनसक्ने सुझाव दिएका थिए ।
‘मैले बुझेँ कि, कालीकटमा रन वे १० आईएलएस परीक्षणका लागि प्रयोग भइरहेको छ । केही क्र्यूले त रन वे १० मा पनि भीओआर स्वीकार गर्छन्,’ रंगनाथनले भने । रंगनाथनका अनुसार पानी परिरहेका बेला जहाजको ‘टेलवीन्ड कन्डिसन’मा यदी उक्त विमानस्थलको रनवे १० मा कसैले अवतरण गराउँछ भने उसले यात्रुको जीवन जोखिममा धकेल्दैछ ।
शुक्रबार साँझ पनि त्यहाँ ठीक त्यस्तै भएको रंगनाथनको बुझाइ थियो । यतिसम्म कि, विमानस्थलमा न्युनतम रन वे अन्त्यको सुरक्षा क्षेत्र छैन । शुक्रबार साँझको दुर्घटनामा पाइलटको लापर्वाहीले गर्दा त्यस्तो दुर्घटना हुन गएको भारतीय हवाइ विज्ञहरुको तर्क छ ।
जहाँ पाइलट र को–पाइलटसहित एयर इण्डिया एक्सप्रेसका कम्तिमा २० यात्रुको मृत्यु भयो । कोभिड–१९ महामारीका कारण दुबइमा फसेका भारतीय नागरिकलाई सरकारले ल्याउँदै गर्दा विमान दुर्घटनामा परेको हो ।