दार्चुला–तिंकर सडक बनाउन खटिए सेना

दार्चुला–तिंकर सडक बनाउन खटिए सेना

दार्चुला : दार्चुला–तिंकर सडक निर्माणका लागि नेपाली सेनाको टोली दार्चुला पुगेको छ। चालु आर्थिक वर्षबाट दार्चुला–तिंकर सडकको निर्माण गर्ने जिम्मेवारी पाएसँगै नयाँ आर्थिक वर्षको पहिलो महिनामै सेनाको टोली निर्माण सामग्रीसहित जिल्ला आइपुगेको हो।

नेपाली सेनाका महासेनानी रमेश गुरुङको नेतृत्वमा ५३ जनाको टोली जिल्ला आइपुगेको दुर्गा दल गुल्म दार्चुलाका गुल्मपति सेनानी विक्रमदेव थापाले बताए। उनले भने ‘नेपाली सेनाका आठवटा गाडीमा निर्माण सामग्रीसहित सेनाको टोली सदरमुकाम खलंगा आइपुगेको छ। सडक निर्माण गर्नुपर्ने क्षेत्रको स्थलगत अवलोकन गरी बन्दोबस्त गरिने छ।’ नेपाली सेनाको टोली केही दिन जिल्ला सदरमुकाम खलंगामै बस्ने र आवश्यक निर्माण सामग्री ढुवानीपश्चात् निर्माण स्थलमा खटिने सेनानी थापाको भनाइ छ।

सडक निर्माणको काम भाद्र महिनाबाट सुरु हुने थापाले संकेत गरे। बैशाख १४ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले व्यास गाउँपालिका–२ घाँटी बगरदेखि तिंकरसम्म ८७ किलोमिटर सडक निर्माणको जिम्मा दिने निर्णय गरेको थियो। २०६५/६६ बाट निर्माण सुरु भएको दार्चुला–तिंकर सडकको हालसम्म ४० किलोमिटर ट्र्याक खोलिएको छ। आव २०७७/०७८ बाट नेपाली सेनाले दार्चुला–तिंकर सडक निर्माणको जिम्मेवारी पाएको थियो।

सेनाको टोलीले चार सय ५० मिटर गोरेटो बाटोसमेत निर्माण गरिरहेको छ। गोरेटो बाटो निर्माणको कार्य करिब आधा भइसकेको जनाइएको छ। माथिल्लो क्षेत्रमा सडक निर्माण थाल्ने तयारी भइरहेको थापाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.