प्रदेश सांसदलाई कोरोना

प्रदेश सांसदलाई कोरोना

बुटवल : प्रदेश ५ की सांसद कृष्णा केसी कोरोना संक्रमित भएकी छन्। बाँकेबाट प्रदेशसभामा सदस्य भएकी उनमा पीसीआर परीक्षणका क्रममा शनिबार कोरोना पोजेटिभ देखिएको हो।

सांसद केसीले आफू कोरोना पोजेटिभ भएको र आफूसँग सम्पर्कमा आएकालाई परीक्षण गर्दै सचेत हुन सामाजिक सञ्जालबाट आह्वान गरेकी छन्। निर्वाचन क्षेत्रमा कोरोनाविरूद्ध काम गरिरहदा संक्रमित भएको हुन सक्ने उनले बताएकी छन्।

झन्डै ५ हजार संक्रमित भएको प्रदेश ५ मा भीआईपीलाई संक्रमण देखिएको पहिलो हो। यसअघि स्थानीय तहका जनप्रतिनिधिमा संक्रमण देखिएको थियो। प्रदेशका बाके, रूपन्देही, कपिलवस्तु, बर्दिया, नवलपरासीमा समुदाय स्तरमा कोरोना देखिएको छ। यीमध्ये चार जिल्लामा निषेधाज्ञा गरिएको छ।

प्रदेशमा कोरोनाबाट १३ जनाको मृत्यु भएको छ। प्रदेशमा कोरोना संक्रमित निको हुने दर ९० प्रतिशतभन्दा माथि छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.