पुन: कोरोना संक्रमण बढेपछि जुम्ला सदरमुकाम सिल

पुन: कोरोना संक्रमण बढेपछि जुम्ला सदरमुकाम सिल

सुर्खेत : यही साउन १२ गते जुम्ला जिल्लालाई कोरोना संक्रमणमुक्त जिल्ला घोषणा गरियो। तर लकडाउन खुकुलो भएसँगै पुन आठ जनामा कोरोना संक्रमण देखिएपछि जुम्लामा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ। 

चन्दननाथ नगरपालिका क्षेत्र र तिला गाउँपालिकाको ५ नम्बर वडालाई अर्को सूचना नहुन्जेलसम्म अनिश्तिकालीन सिल गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार गरिएको पीसीआर परीक्षणको प्रतिवेदन अनुसार चन्दननाथ नगरपालिका–१ का एक जना पुरुष, वडा नं. ३ का एक जना महिला र वडा नं. ६ का एक जना पुरुषमा कोरोना संक्रमण देखिएपछि थप संक्रमण फैलिन सक्ने भन्दै नगरपालिका सिल गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए। 

यस्तै जुम्ला तिला गाउँपालिका–५ ढिमकोट गाउँकी एक महिलामा कोरोना संक्रमण भएपछि पूरै वडा सिल गरिएको छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै आइतबार दिउँसो ३ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि संक्रमण रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन, २०२० को दफा ६ (३) बमोजिम निषेधाज्ञा जारी गएको हो।

जसमा चन्दननाथ नगरपालिकाको पूर्वमा दासाँघु, पश्चिममा उमगाड्, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदी क्षेत्रको चार किल्ला क्षेत्रमा अर्को सूचना नहुन्जेल सील गरिएको छ। जिल्लाको तिला गाउँपालिका ५ ढिमकोट गाउँको पूर्वमा चुलाकोट, पश्चिममा जुगामुल, उत्तरमा डुङग्री र दक्षिणमा खोली गाउँको चार किल्ला क्षेत्रमा औषधी पसल र स्वास्थ्य सेवा बाहेकका सबै क्रियाकलपाहरु बन्द गरिएको सूचनामा उल्लेख छ। केही दिनअघि एक महिलालाई कोरोना पोजिटिभ देखिएपछि जिल्लाको कोटघर स्वास्थ्य चौकी पनि सिल गरिएको छ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेधाज्ञा पत्र।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.