काभ्रेमा रहेको संघीय प्रहरी कार्यलय सिल

काभ्रेमा रहेको संघीय प्रहरी कार्यलय सिल

बनेपा : काभ्रेको बनेपा नगरपालिका वडा नं १३ जनगालमा रहेको संघीय प्रहरी कार्यलय सिल गरिएको छ। त्यस कार्यलयमा कार्यरत प्रहरीहरुमा कोरोना संक्रमण बढिरहेको भन्दै बनेपा नगरपालिका वडा नं १३ ले सिल गरिएको छ।

सुरुमा संघीय प्रहरी कार्यलयमा रहेको एक पुरुष प्रहरीमा कोरोना पुष्टि भएको थियो। त्यसलगतै महिला प्रहरीमा समेत कोरोना भएको पुष्टि भएको थियो। शनिबार संघीय प्रहरी कार्यलयमा कार्यरत ५ प्रहरी कर्मचारीहरुमा कोरोना संक्रमण भएको पुष्टि भयो। 

अहिलेसम्म संघीय प्रहरी कार्यलयमा ७ जनामा कोरोना संक्रमण देखिएको छ। संघीय प्रहरी कार्यलयमा कार्यरत प्रहरीहरुमा कोरोना देखिन थालेपछि वडा कार्यलयले त्यस कार्यलयमा आवतजावतमा पूर्णरुपमा वन्द गरी उक्त कार्यलय आसपास सिल गरिएको छ। 

संक्रमण देखिएका प्रहरी कार्यरत कार्यालय र सम्पर्कमा रहेको कन्ट्रयाक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले उक्त क्षेत्रमा सिल गरिएको जिल्ला स्वास्थ्य कार्यलय काभ्रेका डा नरेन्द्रकुमार झाले जानकारी दिए।परीक्षणका लागि प्रहरीको स्वाब लिइएको डा झाले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.