खाल्डोमा डुबेर बालकको मृत्यु

खाल्डोमा डुबेर बालकको मृत्यु

जनकपुरधाम : धनुषामा अवैद्य गिट्टी बालुवा उत्खनन् गरेको स्थानमा भएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका ६ स्थित जग्धर खोलाको किनारमा क्रसर माफियाले खनेको खाल्डोमा डुबेर सोमबार एक बालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा सर्लाही नरेशखोइर बस्ने शिवु महतोको १२ वर्षीय छोरा सुमन महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए ।

दुई महिनादेखि मिथिला नगरपालिका ४ पुष्पलपुरस्थित हजुरबुबा राम उदगारको घरम बस्दै आएका बालक समुन साथीहरुसंग पौडी खेल्न गएको बेला डुबेर मृत्यु भएको परिवारजनले जनाएको छ । 

एकसाता नबित्दै धनुषामा अवैध रुपले ग्राइभेल उत्खनन गरेको खाल्डोमा डुबेर एक फेरि एक बालकको ज्यान गएको छ । क्रसर माफियाहरुले गहिरोसम्म ग्राइभेल झिकेकाले पानी जमेर नुहाउने क्रममा दुई जनाको मृत्यु भएको छ । 

गत साता श्रावण २२ मा मिथिला नगरपालिका १ स्थित बसही खोलामा क्रसर खनेको गहिरो खाल्डोमा डुबेर मिथिला नगरपालिका २ नक्टाझिजका २२ वर्षीय अनिल कुमार महतोको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.