सेती नदीले सडक कटान गरेपछि बाटो अवरुद्ध

सेती नदीले सडक कटान गरेपछि बाटो अवरुद्ध

बझाङ : बझाङको जयपृथ्वी राजमार्गको तमैलमा सेती नदीले सडक कटान गर्दा बाटो अवरुद्ध भएको छ। सेतीमा आएको बाढीले विस मिटर जती राजमार्ग भत्काएपछि जिल्ला सदरमुकाम चैनपुरको आवत जावत आइतबार रातीदेखी बन्द भएको छ। केही दिन अघिदेखी आएको अविरल वर्षासँग सेतीमा ठुलो बाढी आएपछि सेती किनारमा रहेको सडक भत्काएको छ।

सदरमुकाम चैपुरदेखी १० किलोमिटर टाढा रहेको तमैल जालेलाग्ने भीरमा यसअगाडी जेठको महिना माथिबाट आएको पहिरोले सडक बिग्रेपछि यस वर्ष भित्ता पट्टी मेसनरी वाल लगाउने थालेका थिए। सेतीको बाढीले मुनीबाट सडक कटान गरेपछि समस्या आएको सडका कर्मचारी विकास रावलले बताए। उनले भने पहिरो ठुलो छ हिँडेर आउने बाटोसमेत छैन् सडकका लेवरहरु लिएर मान्छे हिड्ने बाटो बनाउन सकिन्छ की भनेर लागी रहेको बताए।

सडक सबै भत्केर सेतीले बगाइ सकेको हुदाँ सामान्ने हिड्ने बाटोसमेत छैन्। सेतीको बाढी ठुलो आएको हुदाँ सेती नदी तल्कोटदेखी देउरासम्मको छेउछाउमा बाढीले खेत जमिन बगाएको प्रहरीले जानकारी दियो। सेतीमा बाढी धेरै थियो प्रहरी नायव उपरिक्षक गणेश बमले भने तमैलमा सडक बगाएको छ अन्य ठाँउमा खासै ठुलो क्षती नभएको जानकारी आएको बताए। उनले सडक खोल्नका लागी बैतडी सडक डिभिजनसहित अन्य ठेकदारसँग पहल भइरहेकव जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.