धनुषामा पेस्तोलसहित एक जना पक्राउ

धनुषामा पेस्तोलसहित एक जना पक्राउ

जनकपुरधाम : जनकपुरधामबाट पेस्तोलसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। चिनीमा लुकाएर बेच्न लैजादै गरेको समयमा धनुषा प्रहरीले पेस्तोलसहित मुखियापट्टी मुसहरनिया गाउँपालिका- ३ का २१ वर्षीय सुजित यादवपक्राउ गरेको हो।

धनुषाको जनकपुरधाम उप–महानगरपालिका- १० बाह्रबिघा रङ्गभुमि मैदान नजिकैबाट रिक्सा चढी जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

यादवलाई कालो रंगको प्लाष्टिकको झोलामा चिनीभित्र लुकाई राखेको ४.५ लेखिएको अटोमेटिक पेस्तोल १ थान र त्यसमा लाग्ने म्याग्जिन १ थानसहित नियन्त्रणमा लिएको मिश्रले बताए। जनकपुरधाममा निषेधाज्ञा जारी रहेको समय हतियार बेच्न आएका यादवलाई प्रहरीले गोप्य सूचनाको आधारमा बाह्रबिघाबाट नियन्त्रणमा लिएको छ। घटनासम्बन्धमा थप अनुसन्धान भईरहेको धनुषा प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.