सबैका प्यारा ब्रह्माण्ड स्रष्टा

सबैका प्यारा ब्रह्माण्ड स्रष्टा

भगवान् श्रीकृष्णलाई ईश्वरको आठौं अवतार हो भन्ने मान्यता वैदिक सनातनीहरूको छ। पृथ्वीको भार हरण, धर्म र साधुहरूको रक्षा, दुष्कृतिको नाश गर्न, श्रीकृष्ण मृत्युलोकमा अवतरित भएको मानिन्छ। उनले महाभारत युद्धमा हतास र भावुक हुँदै कर्तव्यबाट विमुख भएका आफ्ना बहिनीज्वाइँ र प्रिय भक्त एवम् सखा अर्जुनलाई भनेका छन्–

“यदा यदाही धर्मस्य, ग्लानीर्भवती भारत।।।

अभ्युत्थानमधर्मस्य तदात्मानंसृजाम्यहम

परित्राणाय साधुनां विनासाय चतुश्कृताम्

धर्म संस्थापनार्थाय सम्भवामी युगे युगे।”

गीतामा उनको पवित्र वाणी पढ्दा नै उनी ईश्वर हुन् भन्ने अनुभूति हुन्छ। उनीसित रहेको यस्तो विद्वत्ता सामान्य मनुष्यमा हुँदैन। हिजोआज सर्सर्ति गीता पढेर यसबारे व्याख्या गर्नेहरूको अधिकता छ। तर यसलाई तहसम्म बुझ्न केही पूर्वीय दर्शन पढेर मात्र पुग्दैन, यसको तहैसम्म बुझ्नैपर्ने हुन्छ। त्यसमा पनि सांख्य दर्शन अर्थात् ज्ञान दर्शनका धरातलसम्म बुझ्न पनि कठिन छ। सांख्य, भक्ति, कर्म, बुद्धि, वेदान्त र चार्वाक दर्शनहरू अध्ययन नगर्ने हो भने गहिराइमा गएर श्रीमद्भागवत् गीता बुझ्छु भन्नु त ६ महिनाको बालकले पौडेर समुद्र पार गर्छु भन्नुजस्तै हुन्छ।

श्रीकृष्ण युद्ध, रणनीीत र कौशलका ज्ञाता थिए। उनले मानव चोलाको मर्म र महŒवलाई चार्वाक्यले जस्तै प्रत्यक्ष र सुन्दर रूपबाट गीतमा पस्केका छन्। र उनले पूर्वजन्मभन्दा मानव चोला नै कर्तव्य निर्वाह गर्न उत्तम मान्छन्। वेदान्त दर्शनको बोलवाला भएको तत्कालीन अवस्थामा यस्तो विचार ठूलो क्रान्तिकारी विचार थियो। उनी आफ्ना दायित्वहरू यसै कालमा निर्वाह गर्न सुझाउँछन् किनभने जीवलाई न पूर्वजन्मको ज्ञान र स्मरण छ न त पछि हुने जन्मबारे कुनै निश्चितता र सम्झना।

भगवान् स्वयं प्रकाश हो, ब्रह्म हो। उसलाई के कुराको कमी छ र ? ब्रह्माण्डको स्रष्टा उही नै हो। ऊ सबैतिर छ तर अव्यक्त छ। ऊ सबैको छ तर सबैबाट अप्रमाणित। ऊ केवल हाम्रो पे्रमको भोको छ। ऊ प्रेम चाहन्छ। जहाँसम्म सुख, दुःख, प्राप्ति र मुक्तिका कुरा छन्, यी सबैको कारक त व्यक्ति स्वयंको कर्म नै हो।

श्रीकृष्ण तत्कालीन सामाजिक आवश्यकताका एक क्रान्तिकारी दार्शनिक विद्वान् थिए। त्यतिबेला वेदान्त दर्शन र बुद्धि दर्शनअनुसार यो भौतिक जगत्लाई मिथ्या मानिन्थ्यो। जीवको परम लक्ष्य परमतŒवको प्राप्ति अर्थात् मोक्ष थियोे। जीव मायाको अधीन भएर कायालाई नै सर्वस्व मान्छ र भौतिक सुखमा रमाउँछ, जुन सर्वथा अनुचित हो। परमार्थ प्राप्तिका लागि गृहत्याग, आसक्तिविहीनता र परमात्मामा लीन हुनुलाई जीवनको सर्व श्रेष्ठ मार्ग मानेको तात्कालीन परिवेशमा उनले कर्म सन्यास अर्थात् अहंकारविनाको कर्म अनि कर्मफल अर्थात् कर्म गर्नु तर त्यसको फलको आशा नगर्नू भनेर पवित्र मनले जीवलाई कर्तव्य गर्न निर्देश गरेका छन्। सन्न्यास भन्नाले गृहस्थिको त्याग गर्नु कदापि होइन, बरु कुनै पनि बहानामा कर्मबाट मुक्त हुनु हुँदैन भनी स्पष्ट पारेका छन्।

ईश्वरको मूर्तिलाई कर्मकाण्डसित जोड्ने हाम्रो परम्परा र त्यसबाट जन्मेको मानसिकता छ। ईश्वर श्रीकृष्ण भन्छन्–ब्रह्मलाई मालिक मान, छोरा मान, साथी मान अथवा पे्रमी मान जीवको इच्छा। तर सर्त यो छ कि उसलाई जुनसुकै परिस्थितिमा विशुद्ध हृदयले प्रेम गर। माथिका कुनै एक भावनामा बाँध। ऊ त स्वयं प्रकाश हो , स्वयं ब्रह्म हो। उसलाई के कुराको कमी छ र ? ब्रह्माण्डको स्रष्टा नै हो। हामीले अर्पण गर्ने वस्तुका साथै स्वयं हामी पनि उसैद्वारा सिर्जित हौ। ऊ न त खुसी हुन्छ। न त दुःखी। ऊ सबैतिर छ तर अव्यक्त छ। ऊ सबैको छ तर सबैबाट अप्रमाणित। ऊ केवल हाम्रो पे्रमको भोको छ। ऊ प्रेम चाहन्छ। जहाँसम्म सुख, दुःख, प्राप्ति र मुक्तिका कुरा छन्, यी सबैको कारक त व्यक्ति स्वयंको कर्म नै हो। श्रीकृष्ण विद्वान् होइनन्, ऊ स्वयम् ज्ञान हो। शक्तिशाली होइन स्वयम् शक्ति हो, स्वयम् प्रेम हो। जो जन्मेको त थियो प्रेम बाँड्न तर दुर्भाग्य ऊ जन्मिने खबरले नै उसको हत्याको दुस्प्रयासको योजना र सिलसिला सुरु भयो। त्यो पनि आफ्नै मामाबाट। र, उनको इहलीला पनि हत्याबाटै समाप्त भयो। कस्तो छ मान्छे ? कहाँ छ मान्छे ? किन यस्तो छ मान्छे ?

यो ज्ञान र विद्वता मैले कतिपय धर्महरू अध्ययन गर्दा कहीं पाइनँ। स्वयं ब्रह्मलाई खुसी दिन सकेनौं, न त सुख दियौं हामी मृत्युलोकवासीले। धिक्कार छ हामीलाई।

उसले पुतना, तृर्णावर्त, यमालार्जुन, वकासुर र अघासुर, कालिया नाग प्लम्बासुर जस्ता दैत्यको संहार गरेर कालिया नाग र प्लम्बासुर दैत्यको बाल्यकालमै उद्धार गरेर गोपहरूको रक्षा गरेका थिए। ब्रह्माले ग्वालहरू र उनका गाईहरूलाई अपहरण गरेर एक वर्षसम्म राखे। गोपीनी माताहरू दुःखी नहोऊन् भनेर उक्त अवधिभर उनीहरूकै छोरा र गाईको रूप धारण गरेर उनीहरूका घरमा भगवान् एक वर्षसम्म बसेका थिए। गोपहरूलाई दावानल र इन्द्रको प्रकोपबाट बचाउन गोवर्धन पर्वतसमेत उठाएर रक्षा गरेका थिए। गोपहरूका छोरीहरूले कात्ययिनी भगवतीको व्रत गरे। व्रतका लागि सरोवरमा नुहाउन लागे। उनीहरू यसरी सार्वजनिक स्थलमा पूर्ण नग्न भएर स्नान गर्दै थिए।

एकान्त र सार्वजनिक स्थानमा यसरी युवती वनमा नग्नावस्थामा हुँदा उनीहरूसित हुन सक्ने सम्भावित दुर्घटनाबारे सचेतना दिन उनीहरूको चीरहरण गरेको कुरा श्रीमद्भागवत् महापुराणको दशम् स्कन्धमा उल्लेख छ। यस्तो कृष्णलाई कसरी स्त्री लम्पटका रूपमा प्रस्तुत गरिन्छ। जुन श्रीकृष्णलाई उनका मामा कंसले हत्या गर्न नन्द गाउँका कृष्ण जन्मअष्टमीको दिन जन्मेको चौध हजार शिशुको बध ग¥यो। त्यो शिशुलाई कंसबाट बचाउन नन्द यशोदाका साथै सारा गोप र गोपीनीहरू लगेका थिए। उनी जसका घरमा एक वर्षसम्म पुत्र व्रत बसेका थिए, उनैका छोरीहरूलाई स्नानमा अश्लीलता हुनु हुन्न भनेर बुझाएका थिए।

भनिन्छ– व्यक्तिले आफ्नो ज्ञान, बोध, सोच र मनोविज्ञानअनुसार नै कुनै कुरालाई बुझ्छ र त्यही स्तरमा मान्यता दिन्छ। उसलाई बुझ्न प्रयास पनि आआफ्नै बोधअनुसार भएको हुन्छ। सबै जीवको शंगार रसप्रतिको आशक्तिको मनोविज्ञान भएको र सबै श्रोताहरू अनि राजा परीक्षितलाई मनोरञ्जनका लागि महाराश नामक अध्याय लेखिएको हुनुपर्छ। अथवा वास्तविकता के थियो खोजीकै विषय हो।

भौमासुरको राजाले विभिन्न राज्यबाट खोसेर १६ हजार एक सय राजकुमारीलाई आफ्नो दरबारमा बन्धक बनाएका थियो। श्रीकृष्णले भौमासुरको बध गरेर ती कन्यालाई मुक्त गरे। वर्षौंसम्म भौमासुरको बन्दी ती राजकुमारीलाई समाजले स्वीकार गर्ने, सम्मान गर्ने त कुरै थिएन। साथै भगवान्को दरबारमा त्यत्तिकै बस्दा पनि उनीहरूको चरित्रमा प्रश्नचिन्ह उठ्ने थियो। किनभने सम्बन्धले नाम र सामाजिक मान्यता माग्छ तसर्थ भगवान्ले उनीहरूको सम्मानका खातिर सबैसित विवाह गरे।

उनले मन पराएर भगाएकी उनकी प्रिय पत्नी रानी रुक्मिणी हुन्। बाँकीका सातवटी पटरानीहरू युद्धबाट र श्रीकृष्णबाट भयभीत भएर आआफ्नो कन्या दिएको कुरो उल्लेख छ।

उनको नाम अगाडि राधाको नाम लिने गरिन्छ। वृन्दावनका राधाकृष्णको प्रेमकथा यत्रतत्र सर्वत्र छन्। भारतमा राधा सम्प्रदाय नै छ। कतिपय कृष्णभक्तहरूले श्रीकृष्णको सम्मानस्वरूप अभिवादन गर्दा राधे राधे भन्ने पनि प्रचलन छ। भनिन्छ– राधा कृष्णभन्दा जेठी थिइन्। सुन्दर थिइनन्, उनकी माइजू हुन् भन्ने पनि भनाइ छ। उनलाई ज्ञान आर्जनका लागि वसुदेवले गुरु सान्दिपनीको आ श्रममा पठाएका थिए। गुरु सान्दिपनीले उनलाई वेद, धनुर्वेद, मनुस्मृति, धर्मशास्त्र, मिमासा, तर्कशास्त्रका साथै राजनीतिको शिक्षा दिएका थिए। श्रीकृष्ण र बलरामले चौसट्ठी दिनमा चौसट्ठी कला अध्ययन गरी महारथ हासिल गरेका थिए। ती चौसट्ठी कलामध्ये एक कला विचित्र सिद्धिकला पनि हो। त्यसका साथै उनले नेमीनाथ घोर अंगीरस, वेदव्यास र परशुरामबाट पनि शिक्षा लिएका थिए। यिनै घोर अंगीरसबाट प्राप्त ज्ञान नै अंगीरसको शिक्षा हो पनि भनिन्छ भने परशुरामले नै उनलाई सुदर्शन चक्र दिएका थिए।

उनी कंस बध गर्न मथुरा जाँदा राधा साह्रै रोइन्। उनलाई आँसुले नरोक्न भनेर श्रीकृष्णले आदेश दिएको पनि भनिन्छ। वर्षौंपछि पनि श्रीकृष्णको प्रेम प्राप्त गर्न वृद्धा अवस्थामा द्वारिकासमेत पुगिन् तर श्रीकृष्णले उनलाई वृन्दावन फर्काएका थिए पनि भनिन्छ। तर ती राधाको श्रीमद्भागवत् महापुराणमा कहींकतै उल्लेख छैन। यसबाट के अनुमान गर्न सकिन्छ भने महापुराणलाई रोचक अनि ईश्वरप्रतिको अनुरक्तिका लागि विभिन्न लेखकले कल्पना गरेकी पात्र हुनुपर्छ राधा। यो कुराको राम्ररी अनुसन्धान गर्न आवश्यक छ। श्रीकृष्ण स्त्री लम्पट हुँदै होइनन्। स्त्रीहरूसित जोडेर दुष्प्रचार गर्नु भनेको आफ्नै मनको आसक्तिलाई उनीमाथि थोपरेको मात्र हो। उनी सबैका रक्षक थिए प्राण थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.