दोलखामा थप २ जनामा कोरोना संक्रमण

दोलखामा थप २ जनामा कोरोना संक्रमण

दोलखा  : उत्तरी दोलखाको गौरीशंकर गाउँपालिकाको दुईजनालाई कोरोना संक्रमण देखिएको छ । तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा रहेको एक र गाउँपालिकाका एक कर्मचारी गरी दुई पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितसहित ७ जनाको स्वाब साउन २५ गते परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएकोमा दुईजनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताए । गौरीशंकर गाउँपालिकाका नवनियुक्त कर्मचारीमा कोरोना संक्रमण देखिएको एक कर्मचारीले जानकारी दिए ।

तेस्रो मुलुकबाट आएका ती संक्रमित क्वारेन्टाइनमै रहेको र कर्मचारी पनि पनि गाउँपालिकाको आवासमै आइसोलेसनमा रहेको बताइएको छ । यसअघि पनि सोही गाउँपालिकाकै दुईजनमा कोरोना संक्रमण देखिएको थियो । हालसम्म जिल्लाका ४२४ जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण देखिएको छ जसमध्ये एकजनाको मृत्यु भएको छ भने ४ जना निको भएर घर फर्केको स्वास्थ्य कार्यालयको तथ्यांक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.