उत्तरपुस्तिका नै क्वारेन्टाइमा !

उत्तरपुस्तिका नै क्वारेन्टाइमा !

दोलखा :  भीमेश्वर नगरपालिकाका शिक्षकले विद्यार्थीले बुझाएका उत्तरपुस्तिका ४/५ दिन क्वारेन्टाइनमा राखेर मात्र परीक्षण गरिरहेको पाइएको छ । वर्कसिटमा दिइएका गृहकार्य विद्यार्थीहरुले घरमा नै सकेपछि संकलन गरिएका उत्तरपुस्तिका कोरोना त्रासका कारण निश्चित दिन क्वारेन्टाइनमा राखेर मात्र शिक्षकले परीक्षण गर्ने गरेका हुन् । 

वैकल्पिक शिक्षण सिकाइका लागि नगरपालिकाले साउन ११, १८ र २५ गते विद्यार्थीलाई वर्कसिट उपलब्ध गराई उपत्तरपुस्तिका संकलन गरेको थियो ।नगरपालिकाको शिक्षा शाखाले विद्यार्थीलाई बैकल्पिक सिकाइमा मद्दत पुगोस् भनी वर्कसिट निर्माण गरी सामुदायिक तथा निजी विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई विद्यार्थीका घर-घरमा पुगेर वर्कसिट वितरण गर्न लगाएको थियो ।

विद्यार्थीहरुले वर्कसिटमा दिइएका कार्यहरु सम्पन्न गरेपछि एकहप्ता पछि पहिलो सिटको उत्तर पुस्तिका लिएर दोस्रो सिट दिइने ब्यवस्था मिलाइएको थियो । पहिलोचरणमा उत्तरपुस्तिका संकलन गरेपछि सो उत्तरपुस्तिकालाई ४-५ दिनसम्म क्वारेन्टाइनमा राखेर मात्र जाँच्ने गरेको शिक्षकहरुको भनाइ छ । क्वारेन्टाइनमा राखेर जाँचिएका उत्तरपुस्तिकाबाट कोरोना सर्ने जोखिम कम हुनसक्ने ठानी आफूहहरुले सो विधि अपनाएको उनीहरुको भनाइ छ ।

शिक्षकहरुको सुरक्षाको लागि नै भनेर एकहप्ताको अवधि राखिएको बताउँदै भीमेश्वर नगरपालिकाका शिक्षा शाखा अधिकृत अर्जुन कार्कीले भने, 'हामीलाई जानकारी आएको त छैन, तर सुरक्षित रहने उपायमध्ये उत्तरपुस्तिका क्वारेन्टाइनमा राख्ने पनि एक भएकोले शिक्षकहरुले निकालेको उपाय अनुकरणीय रहेको छ ।'

छरिएर रहेका विद्यार्थी र छरिएर नै वितरण गरिएको वर्कसिट (प्रश्नपत्र) तथा छरिएर नै संकलन गरिएको उत्तरपुस्तिकाबाट कोरोना भाईरस सर्न सक्दैन भन्ने वैज्ञानिक आधार नभएकै कारण ढुक्क हुन सक्ने अवस्था नभएर आफू सुरक्षित रहन संकलित उत्तरपुस्तिका क्वारेन्टाईनमा राखेको माध्यमिक तहका एक शिक्षकले बताए ।

स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जोसुकै नागरिकले पनि सुरक्षा सतर्कता अपनाएको राम्रो रहेको बताए । उत्तरपुस्तिकामा लामो समयसम्म संक्रमणको जोखिम नभए पनि शिक्षकहरुले आवश्यक सतर्कता अपनाउनु उत्तम रहेको प्रमुख झाको भनाइ छ ।

वर्कसिटमा सोधिएको प्रश्नको आधारमा विद्यार्थीहरुले कम्तिमा पाठ्यपुस्तक पढ्ने र लेख्ने बानीको विकास गराउने उद्देश्यले नगरपालिकाले बैकल्पिक शिक्षाको लागि वर्कसिट वितरण गर्ने उपाय अपनाएको थियो । सामुदायिक र निजी गरी ५५ ओटा विद्यालयका करिब दुईसय शिक्षकहरुलाई टोल-टोल, घर-घरमा खटिएका थिए ।

सामुदायिक विद्यालयका करिब ५ हजार र नीजि विद्यालयका करिब ३ हजार गरी करिब ८ हजार विद्यार्थीबाट उत्तरपुस्तिका संकलन गर्दा संक्रमण हुने जोखिमबाट बच्न यस्तो उपाय अपनाएको शिक्षकको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.