सेल्फीको लतमा काइली

सेल्फीको लतमा काइली

चर्चाको शिखरमा रहेकी अमेरिकी मोडल काइली जेनर २३ वर्षमा टेकेकी छन्। मोडल काइली सफल व्यापारिक महिलाका रूपमा पनि परिचित छिन्। उनी २१ वर्षको उमेरमै करोडपति बनेकी थिइन्।

काइलीले सोमबार २३औं जन्मदिन मनाइन्। दुई वर्षीया छोरीसँगै जन्मदिन मनाएकी उनले लगाएको पहिरनमा २३ लेखिएको थियो। उनी सफल इन्टरप्रेनर पनि हुन्। रियालिटी टिभी स्टार तथा व्यवसायी काइली विश्वकै कान्छी अरबपति हुन्। उनी कस्मेटिक मेकअपको व्यवसाय सञ्चालन गर्छिन्।

लेडी गागालाई रोल मोडेल ठान्ने काइलीले १८ वर्षको हुँदा नै गागासँग भेट गरेकी थिइन्। त्यस बेला गागाले काइलीको तारिफ गरेकी थिइन्।

काइलीलाई सेल्फी खिच्ने लत छ। उनी दिनमा सयौं सेल्फी खिच्छिन् र आफूलाई मन परेको फोटो सामाजिक सञ्जालमा अपलोड गर्छिन्। साथै सामाजिक सञ्जालमा आफ्नो व्यवसायको विज्ञापन पनि गरिरहन्छिन्।

फोब्र्स म्यागजिनका अनुसार काइलीको व्यापारिक कम्पनी नौ सय मिलियन डलर बराबरको छ। एक बिलियन डलर नाफा गरेको अनुमानका आधारमा उनी २१ वर्षमै अरबपति बनेकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.