पुतलीबजारमा थप ६ जनामा संक्रमण
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नं. १३ मा फेरि ६ जना कोरोना संक्रमित थपिएका छन्। कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो।
प्रादेशिक स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पुतलीबजारका ४ जना महिलासहित २ पुरुषमा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएकोमा ३८, ४८, ५३ र ५७ वर्षीया महिला हुन। यसैगरी, ५३ र ६३ का पुरुष भएका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए। उनीहरुका स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले जिल्लास्थित आइसोलेसनमा राखिएको छ।
थुनुवा एक ब्यक्तिबाट समुदायसम्म संक्रमण बढेको हो। पछिल्लोपटक थपिएका ६ जनामध्ये ५ जना यसअघि संक्रमित परिवारका सदस्य रहेको र एक जना ती बाहेकका छिमेकी रहेको नगरस्वास्थ्य प्रमुख बिष्णुप्रसाद काफ्लेले जानकारी दिए। योसँगै सो वडामा मात्र संक्रमितको संख्या २० पुगेको छ। सोही वडाका १ सय २० जनाको कन्टयाक्ट ट्रेसिङ गर्दा १ सय १० जनाको भने नेगेटिभ आएको प्रमुख काफ्लेको भनाइ छ।