प्रहरीमा कोरोना संक्रमण : अपराध अनुसन्धान प्रभावित बन्दै

प्रहरीमा कोरोना संक्रमण : अपराध अनुसन्धान प्रभावित बन्दै

जनकपुरधाम : प्रहरीलाई कोरोनो लागेपछि अपराध अनुसन्धान प्रभावित बनेको छ। प्रदेश–२ मा कार्यरत ९२ जना प्रहरीमा हालसम्म कोभिड–१९ को संक्रमण देखिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता अंशु सिंहले जनाए। 

उनका अनुसार ३९ प्रहरी कोरोना जितेर अस्पतालबाट फर्किएका छन् भने ५३ जना अझै कोरोना अस्पतालको आइसोलेनसनमा उपचार गराइरहेका छन्।  

साउन ५ गते वीरञ्जस्थित श्रीपुरबाट लागुऔषध सहित ५ जना पक्राउ परेका थिए। उनीहरुमाथि मुद्दा चलाइयो। अदालतमा पेश गर्न कोरोना जाँच गर्दा तिनीहरुमा कोभिड–१९ संक्रमण देखियो। त्यसपछि श्रीपुर वडा प्रहरी कार्यालय सिल गरियो। प्रहरी तालिम केन्द्र सप्तरीमा पनि कोरोना संक्रमण देखिएको छ। 

केही दिन पहिले धनुषास्थित जिल्ला प्रहरी कार्यालयका प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भयो। धनुषामा ब्यारेक सिल गरियो । कोरोनाको जोखिम बढ्दै गएपछि अपराध अनुसन्धान गर्न कठिन बन्दै गएको प्रदेश प्रहरी कार्यालयका डीआइजी धिरजप्रताप सिंहले बताए ।‘अपराधी गाउँमा लुकेका छन्। नेपालमा जघन्य अपराध गरेर भारतमा लुकेका कतिपय अभियुक्त र दोषी बारे पनि हामीलाई विशेष सूचना छ’, उनले भने,‘तर, कोरोनाको संक्रमणले पक्रिन सकिएको छैन।’ 

थुन्ने र अनुसन्धान गर्नु पर्ने घटनाका अभियुक्तलाई कोरोनाकै कारण तारिखमा छोड्नु परेको उनले जनाए। गाउँ पुगेर फरार अपराधी खोज्न गाह्रो छ’,डीआइजी सिंहले भने। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.