‘द रक’ सबैभन्दा महँगा पुरुष कलाकार

‘द रक’ सबैभन्दा महँगा पुरुष कलाकार

ड्वेन जोनसन अर्थात् ‘द रक’ यस वर्ष पनि सबैभन्दा महँगो पुरुष कलाकार बनेका छन्। फोब्र्स म्यागजिनका अनुसार रेस्लिङका पूर्वखेलाडी जोनसनले सन् २०१९ को जुनदेखि सन् २०२० को जुनसम्म मात्रै ८७.५ मिलियन डलर कमाएका छन्।

जोनसनले नेट्फ्लिक्स थ्रिलर ‘रेड नोटिस’बाट मात्र २३.५ मिलियन डलर हात पारेका छन्। लुगाको व्यवसाय ‘प्रोजेक्ट रक’ पनि उनको आयस्रोतको माध्यम हो। स्मरण रहोस्, गत वर्ष पनि उनी कमाइका हिसाबले महँगो कलाकारको पहिलो स्थानमै थिए। रेस्लिङ खेलमा ड्वेन जोनसनलाई ‘द रक’ नामले चिनिन्छ। उनले विश्व स्तरका १६ प्रतियोगिता जितेका थिए।

बीबीसीका अनुसार सर्वाधिक कमाउने टप टेन कलाकारको कुल आय ५४५.५ मिलियन डलर छ। त्यसमध्ये एक चौथाइ नेट्फ्लिक्सबाट भएको आम्दानी हो।

द रकसँगै रेड नोटिसमा देखिएका र्‍यान रेनोल्ड्स सर्वाधिक महँगो कलाकारको दोस्रो स्थानमा छन्। यिनले ७१.५ मिलियन डलर कमाएका छन्। रेनोल्ड्स क्यानेडियन फिल्म अभिनेता हुन्। यिनको ग्रीन लैंटर्ण र एक्स मेन अरिञ्जिसस् वूल्वरिन फिल्म चर्चित छ।

सूचीको तेस्रो स्थानमा कलाकार तथा निर्माता मार्क वाह्लवर्ग रहेका छन्। उनले ५८ मिलियन डलर कमाइ गरेका छन्। त्यसैगरी बेन अफ्लेक र भिन जेसेल क्रमशः चौथो र पाँचौं स्थानमा छन्।

छैटौंमा अक्षयकुमार

बलिउड फिल्म उद्योगबाट अभिनेता अक्षयकुमार मात्र फोब्र्सको टप टेनमा परेका छन्। उनी छैटौं स्थानमा रहे। उनको वार्षिक कमाइ ४८.५ मिलियन डलर छ। अक्षयको सर्वाधिक कमाइ विभिन्न कम्पनीको विज्ञापन गरेबापत भएको हो।

अक्षयकुमार हाल चलचित्र ‘बेल बटम’को छायांकनका लागि सपरिवार लण्डनमा छन्। भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको बेला अक्षय र उनको टिम चलचित्र छायांकनका लागि लण्डन पुगेको हो। उनीहरु, चार्टर फ्लाइटको माध्यमबाट लण्डन पुगेका हुन्। छायांकनका लागि अक्षयसँगै नायिका लारा दत्त, निर्माता ज्याकी भगवानी, हुमा कुरेसी, निर्देशक रञ्जित एम तिवारी लगायत लण्डनमा हुन्। कोरोना भाइरसको संक्रमण चलिरहेको समयमा अन्य निर्माताले चलचित्रको छायांकन सुरु नगरे पनि अक्षयले भने सधै डरमा बाँच्न हुँदैन भन्दै चलचित्रको छायांकन सुरु गरेका हुन्।

चलचित्र ‘बेल बटम’को छायांकन सकेर भारत फर्किएपछि अक्षयले चलचित्र ‘अतरंगी रे’को छायांकनका लागि बुक छन्। २ साताको सुटिङका लागि अक्षयले यो चलचित्रबाट २७ करोड पारि श्रमिक वुझेका छन्। आनन्द एल रायको निर्देशनमा बन्ने चलचित्रका लागि अक्षयले महंगो पारि श्रमिक लिएपछि यसले चर्चा पाइरहेको छ।

फोब्र्स म्यागजिनका अनुसार टप टेन सूचीका महँगो पुरुष अन्य कलाकारमा लिन म्यानुअल मिरान्डा, अभिनेता विल स्मिथ, एडम सान्डलर र ज्याकी च्यान छन्। अभिनेत्रीहरूको सूची भने सार्वजनिक गरिएको छैन। गत वर्ष अभिनेत्रीतर्फ भने ५६ मिलियन अमेरिकी डलर कमाइसहित स्कारलेट जोनसन सूचीको पहिलो नम्बरमा थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.