जानकारी बिनै प्रमुख प्रशासकीय अधिकृत हिँडेपछि...

जानकारी बिनै प्रमुख प्रशासकीय अधिकृत हिँडेपछि...

सन्धिखर्क : सितगंगा नगरपालिकाले साउन २६ गते कार्यपालिकाको बैठक छ भनेर सबैलाई खबर गर्‍यो। बर्षातको समयमा गाडी नचल्ने बाटो सात घण्टासम्म पैदल हिँडेर कार्यपालिका र वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु नगरपालिकाको कार्यलय ठाडा आए।

११ बजेको बैठक भेटाउन पैदल हिँडेर आए तर बैठक हुन सकेन। बैठक राखेर प्रमुख प्रशासकीय अधिकृतनै बेखबर बनेपछि बैठक बस्न नसकेको नगरपालिकाका नगर प्रमुख सुर्यप्रसाद अधिकारीले बताए। २५ गते कार्यलयमा भएका प्रमुख प्रशासकीय अधिकृत आफ्र बैठक राखेर २६ गते विना जानकारी हिँडेको उनको भनाइ छ।

कार्यपालिकाको बैठक राखेर प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतम कसैलाई जानकारी नगराई, कार्यालय प्रमुखको समेत निमित्तको जिम्मा कसैलाई नदिइकनै हिँडेको नगरप्रमुख अधिकारीको  भनाई छ। 'टाढा टाढा बाट हामीहरु पैदल सात घण्टासम्म हिँडेर बैठकमा सहभागी हुन भनेर आयौं, तर बैठक हुन सकेन' वडा नम्वर ७ का वडा अध्यक्ष मोहन पन्थीले भने 'बार्षिक समीक्षा तथा विविध विषयमा छलफल गर्ने भनेको थियो। तर बैठक बस्न सकेन।'  उनले भने 'बैठक भनेर हामीलाई दुःख मात्र दिइयो।' भौगोलिक हिसाबले नेपालकै सबैभन्दा ठुलो नगरपालिका सितगंगा नगरपालिकामा गोरुसिंगे सन्धिखर्क सडक बाहेकका अन्य अधिकांस सडक पहिरोले अबरुद्ध बनेका छन्।

कार्यलय प्रमुख कार्यलय छाडेर जादा नगर प्रमुखलाई जानकारी दिने र आफु मुनीको कर्मचारीलाई निमित्तको जिम्मेवारी दिने चलन रहेपनि प्रमुख प्रशासकीय अधिकृत गौतमले कसैलाई निमित्त कार्यलय प्रमुखको समेत जिम्मेवारी नदिएको नगर उपप्रमुख टिका रेस्मीले बताए। विना जानकारी कसैलाई निमित्त पनि नदिइकनै प्रशासकीय अधिकृत हिडेपछि कार्यलयका अधिकांस कार्य रोकिएको उनको भनाइ छ।

मेयर र उपमेयर आफुलाइ सरुवा गर्न काठमाडौं गएर आएको थाहा पाएपछि त्यसको प्रतिरक्षा गर्न आफु काठमाडौं आएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले बताए। निमित्त कसैलाई दिनु नपर्ने आफु मुनीको सिनीयर कर्मचारी स्वतह निमित्त हुने उनले प्रतिक्रिया दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.